प्रस, वीरगंज, ६ असोज/

सामाजिक सेवा दिवस वीरगंजमा पनि मनाइएको छ ।

दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले मानवसेवा आश्रम र बन्दी सुधारगृह वीरगंजमा साबुन र मास्क वितरण गरेको छ ।

रेडक्रसका सहायक राजन श्रीवास्तवले दुवै स्थानमा एक/एक कार्टुन मास्क र साबुन वितरण गरिएको बताए ।

कार्यक्रममा रेडक्रसका प्रदेश सभापति फूलमहमद मियाँ, शाखा सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसियालगायतको सहभागिता थियो ।

यसैगरी, दिवसको अवसरमा भोलेन्टियर्स समूहले नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले विभिन्न सामाजिक कार्यमा संलग्न रहेर मानवीय सेवा गर्दै आएका नवनीत अग्रवाल, दिनेश मिश्रसहित २५ जनालाई प्रमाणपत्रद्वारा सम्मानित गरेका थिए ।

कार्यक्रम समूहका संयोजक राजन श्रीवास्तवको अध्यक्षतमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here