काठमाडौं, ६ असोज/रासस
नेपाली बजारमा बुधवार सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलवार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलवार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलवारका तुलनामा आज प्रतितोला रु २५ ले बढेको छ । चाँदी मङ्गलवार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय–समयमा परिवर्तन भइरहन्छ ।