अमेरिकी वैज्ञानिकले दुनियाँकै सबैभन्दा सेतो पेन्ट बनाएका छन् । यसको विशेषताका कारण यसलाई गिनिज बूक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको छ । यसलाई तयार गर्ने पन्ड्रयू युनिभर्सिटीका प्राध्यापक जिउलिन रूआनको भनाइ छ, यो पेन्ट ग्लोबल वार्मिङसँग लड्न सक्छ। यो पेन्ट यति सेतो छ कि यसबाट रङ्गिएको भित्तामा पर्ने सूर्यको किरणलाई ९५.५ प्रतिशत रिफ्लेक्ट यानी परावर्तित गर्छ ।

यसलाई तयार गर्ने शोधकर्ताको समूहको भनाइ छ, यस पेन्टले भवनको छाना र त्यसको किनारको भित्तालाई पेन्ट गर्न सकिन्छ । यो पेन्टले भित्ताको भित्री भागलाई पनि प्राकृतिकरूपमा चीसो राख्छ ।

शोधकर्ता अनुसार सूर्यको सबैभन्दा बढी किरण कुनै पनि भवनको छानामाथि पर्छ । यो पेन्टले ती किरणलाई परावर्तित गर्छ । यस्तोमा महँगो एयरकन्डिशनरको आवश्यकता पर्नेछैन । एयर कन्डिशनरको ग्रीन हाउस ग्यास उत्सर्जनमा ठूलो भूमिका हुन्छ । जुन पर्यावरणको लागि खतरा हो ।

शोधकर्ताको भनाइ छ, यस पेन्टमा क्याल्सियम कार्बोनेट छ । यो केमिकल लाइमस्टोन र चक (खरी)मा पनि पाइन्छ । यस पेन्टमा क्याल्सियम कार्बोनेट धेरै मात्रामा प्रयोग गरिएको छ । यो रसायन सस्तो छ, यसैले यस पेन्टलाई ठूलो स्तरमा सस्तो मूल्यमा उपलब्ध गराउन सजिलो हुन्छ ।

रूआन भन्छन्, कमर्शियल पेन्टको तुलनामा हाम्रो पेन्ट सस्तो छ र यसलाई तयार गर्न पनि सजिलो छ । यो भित्तामा लामो समयसम्म टिक्न सक्छ । उनका अनुसार यो कुलिङ पेन्ट हो । यसलाई भित्ताको अलावा कार र टावरमा पनि पेन्ट गर्न सकिन्छ । यद्यपि जाडोको मौसममा यसले समस्या गर्न सक्छ र कोठालाई गर्म हुनबाट रोक्न सक्छ । यो पेन्टले १८ डिग्रीसम्म कोठाको तापमान कम गर्न सक्छ ।

प्रा रूआनका अनुसार सात वर्ष पहिले हामीले यस प्रोजेक्टमा काम गर्न शुरू गरेका थियौं, तब हाम्रो दिमागमा ऊर्जाको बचत र जलवायु परिवर्तनजस्ता मुद्दा थियो । यस पेन्टमा उच्च मात्रामा बेरियम सल्फेट मिलाइएको छ, जसको प्रयोग फोटोपेपर र सौन्दर्य सामग्रीलाई सेतो बनाउन गरिन्छ । यसको अलावा यसमा बेरियम सल्फेटका सबै कण अलग–अलग आकारका हुन्छन् र प्रत्येक कणले अलग–अलग मात्रामा प्रकाशलाई परावर्तित गर्छ । कण जति ठूलो हुन्छ, त्यत्तिकै बढी प्रकाश उत्सर्जित गर्छ ।

 –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here