सटर तोड्ने दाजुभाइ पक्राउ

0
24

प्रस, सिम्रौनगढ, ४ असोज/

सिम्रौनगढ र सीमावर्ती घोडासहनमा सटर तोड्वाको नामले प्रख्यात दुईजना दाजुभाइलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

यो क्षेत्रमा सटर तोडेर ख्याति कमाएका चेलवा र बेलवा भन्ने दुई दाजुभाइलाई प्रहरीले आइतवार घोडासहनको बलान चोकबाट पक्राउ गरेको मोतिहारीका एसपी नवीनचन्द्र झाले पुष्टि गरे । उनले घोडासहन निवासी दुवै दाजुभाइमाथि भारतको विभिन्न शहरमा पचासभन्दा बढी मुद्दा दर्ता रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here