प्रस, मकवानपुर, ४ असोज/

गाई काटेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका वडा नं ११ बाट १० जना पक्राउ परेका छन् । उनीहरूलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा नं ११ कालिदमार टोल बस्ने वर्ष ३८ का जनकबहादुर लो, ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सीमाटार टोल बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रह्लादभक्त न्यासुर, च्याउच्याउ टोल बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ र ३६ वर्षीया फूलमाया थिङ रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

उनीहरूलाई गाई काटेको सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रवक्ता दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here