कृषि विकास बैंक गौरमा आगलागी, कामकाज ठप्प

0
22

प्रस, रौतहट, ४ असोज/

कृषि विकास बैक शाखा कार्यालय गौरमा सोमवार आगलगी हुँदा कामकाज ठप्प भएको छ ।
सोमवार दिउँसो करीब १ बजे विद्युत् सर्टसर्किट भई आगलागी भएकोले कामकाज ठप्प भएको थियो । नवनिर्मित भवनमा आजदेखि कामकाज शुरू गरेको केही घण्टामा आगलागी भएको हो।

मेन स्वीचबाट आगो सल्केर पूरै भवनबाट आगोको डल्लो निस्केपछि डरत्रासले कर्मचारीहरू बाहिरिएका थिए । आगलागीबाट के कति क्षति हुन पुगेको बैंकले यकीन गर्न नसकेको जनाएको छ ।

आगो लागेपछि बाहिरबाट लाइन काटी आगो निभाएको बैंकले जनाएको छ ।
वायरिङमा कमीकमजोरी भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here