आँखामा समस्या भएपछि डिमेन्शिया यानि स्मरण घट्ने खतरा बढ्छ । यस्ता रोगी जसको आँखाको ज्योति घट्दैछ उनीहरूको स्मरण र सोच–विचार गर्ने क्षमता पनि घट्न सक्छ । यो अध्ययन चीनको गुआङडोङ एकेडेमी अफ मेडिकल साइन्सका शोधकर्ताले गरेका हुन् । उनीहरूको भनाइ छ–बढ्दो उमेरमा आँखाको रोगको सम्बन्ध बुजुर्गको घट्दो स्मरणसँग हुन्छ, तर यस्तो किन हुन्छ यो स्पष्ट भएको छैन ।
आँखा र मस्तिष्कको यस सम्बन्धलाई बुझ्न अध्ययन गरिएको थियो । अध्ययनमा ५५ देखि ७३ वर्षका १२ हजार ३६४ व्यक्ति सामेल थिए । रिपोर्टमा बढ्दो उमेरमा हुने आँखाको बिमारीबाट स्मरण घट्ने खतरा बढ्छ । जस्तैः मैकुलर डिजेनेरेशनका रोगीमा २६ प्रतिशतसम्म डिमेन्शियाको खतरा बढी थियो । त्यस्तै मोतिबिन्दुका रोगीमा ११ प्रतिशत र मधुमेह र आँखाको समस्याबाट ग्रसित भएकाहरूमा ६१ प्रतिशतसम्म डिमेन्शिया हुने आशङ्का थियो ।
आँखाको ज्योति र डिमेन्शियामाथि वैज्ञानिक तर्कः शोधकर्ताको भनाइ छ, आँखामा समस्या भएपछि स्मरण घट्नुको पछाडि सटीक कारण के हो, स्पष्ट रूपमा पत्ता लागेको छैन । यसको पछाडि एकमात्र कारण हुन सक्छ । बढ्दो उमेरमा बुजुर्गको आँखाको ज्योति घट्न थाल्छ । यसको कारण उनीहरूको मस्तिष्कमा हुने सक्रियता पनि कम हुन्छ । यसैले मित्र र परिजनको अनुहार राम्ररी चिन्न सक्दैन ।
ब्रिटिश जर्नल अफ ओप्थैल्मोलोजीमा प्रकाशित अनुसन्धानले भनेको छ–युकेमा हरेक वर्ष करीब ६५ वर्षको उमेरका ५० प्रतिशत व्यक्ति मोटियाबिन्दुबाट ग्रसित छन् र ४० हजार मान्छे मैकुलर डिजेनरेशनबाट ग्रस्त छन् ।
मधुमेह र मुटुका रोगीलाई झनै बढी खतराः शोधकर्ताको भनाइ छ यस्तो रोगी जसको आँखामा कुनै प्रकारको समस्या छ र उनीहरू मधुमेह र हृदयरोग, स्ट्रोक वा डिप्रेशनबाट ग्रसित छन् भने उनीहरूलाई डिमेन्शियाको खतरा झनै बढी हुन्छ ।
शोध अनुसार मैकुलर डिजेनरेशन, मोतियाबिन्दु र मधुमेहसँग सम्बन्धित आँखाको बिमारीमा पनि खतरा बढी रहन्छ । आँखा र स्मरणबीच सम्बन्धलाई बुझ्ने प्रयास भइरहेको छ ।
संसारमा डिमेन्शियाको मामिला बढ्दै छ । वाशिंगटन युनिभर्सिटीका वैज्ञानिकको अनुमान छ सन् २०५० सम्म संसारमा डिमेन्शियाको रोगीको सङ्ख्या तीन गुना बढ्छ । यस्ता रोगीको सङ्ख्या बढेर १५ करोडभन्दा बढी पुग्छ । सबैभन्दा बढी मामिला इस्टर्न, सब–सहारा अफ्रिका, नोर्थ अफ्रिका र मिडिल इस्टमा देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष डिमेन्शियाका १ करोड नयाँ मामिला प्रकाशमा आउँछ । अमेरिकी वैज्ञानिकको नयाँ अनुसन्धान अनुसार मान्छेलाई शिक्षित गरेर सन् २०५० सम्म यसको ६०.२ लाख मामिलालाई बढ्नबाट रोक्न पनि सकिन्छ । सन् २०१९ मा डिमेन्शियाका रोगीको सङ्ख्या ५ करोडभन्दा बढी थियो । आगामी तीन दशकमा यो आँकडा १५ करोडसम्म पुग्छ ।
डिमेन्शिया रोक्न ५ जरूरी कुराः ८ घण्टा निद्रा लिने, मोटोपन, मधुमेह, रक्तचाप नियन्त्रण गर्ने, ६ कपभन्दा बढी कफी नपिउने, सुडोकु खेल्ने बानी बसाल्ने, सातामा ५ दिन कसरत गर्नुपर्छ ।