भारतको रहस्यमय ताल

0
21

भारतमा एउटा यस्तो ताल छ जहाँ जानेहरू कहिल्यै फर्केर आएका छैनन् । यस तालको रहस्य वैज्ञानिकले पनि पत्ता लगाउन सकेका छैनन् । यो ताल भारत र म्यान्मारको सीमामा छ । यस तालमा केही रहस्यमय घटना घटेको थियो ।

तालबारे रहस्यमय कथा पनि छ । यस ताललाई लेक अफ नो रिटर्न भनिन्छ । यसको अलावा यसलाई नावांग यांग ताल पनि भनिन्छ । यो अरुणाचल प्रदेशमा छ । भनिन्छ द्वितीय विश्वयुद्धको क्रममा अमेरिकी विमानका पाइलटले यहाँ समतल जमीन मानेर आपतकालीन अवतरण गरेका थिए, त्यसपछि जहाज पाइलटसहित रहस्यमय तरीकाले बेपत्ता भएको थियो ।

तालबारे अर्को रहस्यमय घटनाः भनिन्छ जब युद्ध समाप्त भयो, जापानका सैनिक फर्किरहेका थिए तब उनीहरू ताल नजीकैको बाटो बिर्सेर र त्यसपछि बेपत्ता भए । कसैले सैनिकलाई मलेरिया भएको कारण मृत्यु भएको पनि भन्छन् । तर सत्य के हो त्यो अहिलेसम्म पत्ता लागेको छैन ।

स्थानीयवासीका अनुसार धेरै वर्ष पहिले गाउँका एकजना व्यक्तिले ठूलो माछा समातेका थिए र त्यसपछि पूरै गाउँलाई खान निमन्त्रण दिए । तर एकजना हजुरआमा र उनकी नातिनीलाई बोलाएनन् ।

त्यसपछि तालको हेरचाह गर्ने व्यक्तिले हजुरआमा र नातिनीलाई गाउँभन्दा टाढा गएर बस्न भने। त्यसको भोलिपल्ट पूरै गाउँ तालमा डुबेर बेपत्ता भयो । वैज्ञानिकले धेरै प्रयास गरे पनि यस तालको रहस्य सुल्झाउन सकेका छैनन् । आज पनि यो रहस्य छ कि यस तालमा पुग्ने व्यक्ति कता हराउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here