काठमाडौं, ४ असोज/रासस

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुर्ई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सीमित भएको छ ।

कुल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरीद–बिक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्युत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेका छन् । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here