प्रस, पर्सागढी, ४ असोज/

बहुदरमाई नगरपालिकाले छात्रवृत्ति तथा सामुदायिक विद्यालयहरूलाई एलइडी टिभी वितरण गरेको छ ।

नगरप्रमुख नितेन्द्र साहले नगरपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयलाई ४० इन्चको एलइडी टिभी वितरण गरेका थिए । विद्यालयका प्रअहरूलाई सोमवार उनले टिभी हस्तान्तरण गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहायक हुने विश्वास व्यक्त गरे ।

उनले बालविकास शिक्ष्Fा सिकाइ, मनोरञ्जनात्मक खेल, डिजिटल प्रविधिबाट अध्यापनमा एलइडी टिभीको भूमिका महŒवपूर्ण हुने बताए । उनले प्रअ र शिक्षकहरूलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गरे ।

उनले भौतिक संरचनालगायतका कुरामा नगरपालिकाले सहयोग गर्ने आश्वासन पनि दिए ।

सोही अवसरमा बिएलमा अध्ययनरत निशा पासवानलाई रु ३० हजार र बिआइटीमा अध्ययनरत साजन पासवानलाई रु १ लाख २८ हजार छात्रवृत्ति प्रदान गरेका थिए । पासवानद्वयको सम्पूर्ण अध्ययन खर्च नगरपालिकाले बेहोर्दै आइरहेको नगरप्रमुख साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here