बङ्कुल खोलामा पुल नबन्दा सास्ती

0
39

बलिराम शुक्ल, बिरुवागुठी, ३ असोज/

जनता सडक अन्तर्गत मनवा बजारदेखि रङ्गपुरसम्मको सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल नबन्दा सो सडक भएर चल्ने सवारीसाधन तथा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरनजीक बङ्कुल खोलामा पुल बनाउन सर्भे भए तापनि हालसम्म पुल निर्माण कार्य शुरू हुन सकेको छैन । पुल नबन्दा सो भेग भएर चल्ने सवारीसाधनहरूले वर्षाको समयमा सास्ती भोग्दै आएका छन् ।

स्थानीय समाजसेवी कुमार बस्नेतले खोलामा पानीको मात्रा बढेकोले साना तीन पाङ्ग्रे गाडी तथा मोटरसाइकल आवतजावतमा कठिनाइ भएको बताए ।

त्यसैगरी, जनता सडकखण्ड अन्तर्गत सखुवाप्रसौनी गाउँपालिका–१ मा पर्ने सियरही खोला र जमुनिया खोलामा पनि पुल निर्माण भएको छैन ।

वर्षामा खोलामा पानीको बहाव बढ्दा ठोरी हुँदै रङ्गपुर, मनवा, बडनिहार, जीतपुर हुँदै सिमरा, हेटौंडासम्म चल्ने सवारीसाधन ठप्प हुने गरेको मनवाका रामजनम चौधरीले बताए ।

तीन तहका सरकार स्थानीय, प्रदेश, र केन्द्र हुँदा पनि त्यस भेगबाट निर्वाचित जनप्रतिनिधिले पुल निर्माणमा ध्यान नदिंदा बर्सेनि स्थानीयवासीहरूले सास्ती भोग्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here