सिम्रौनगढको फोहर उठेन

0
27

प्रस, सिम्रौनगढ, ३ असोज/

सिम्रौनगढमा एक सातादेखि फोहर नउठाउँदा दुर्गन्ध फैलिएको छ । सिम्रौनगढ बजारमा रहेको माछामासु, तरकारी बजारबाट निस्केका फोहर व्यवस्थापन नहुँदा सो क्षेत्रमा दुर्गन्ध अचाक्ली बढेको छ ।

यसैगरी, बसपार्क, कङ्काली मन्दिर, सूर्यवंशी चोक, भागवत चोकलगायतका स्थानमा फोहर बढेर दुर्गन्ध फैलिएको छ । भदौ २८ गते सिम्रौनगढ अस्पतालमा भएको तोडफोडमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीसमेत घाइते भएको विरोधमा फोहरसमेत सङ्कलन नगरेर कर्मचारीहरू विरोधमा उत्रिएका छन् ।

भदौ २८ गते सर्पदंशबाट सिम्रौनगढ नपा–२ का सुबोध साहका १८ महीने छोरा अनुराजको उपचार सम्भव नभएपछि कलैया लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आक्रोशितहरूले सिम्रौनगढस्थित अस्पतालमा तोडफोड गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here