प्रस, वीरगंज, ३ असोज/

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको अगुवाइमा सो क्षेत्रमा गरिएको वृक्ष्Fारोपण व्यवस्थित गर्ने कार्य शुरू भएको छ ।

ग्रीन सिटीले आइतवार संविधान दिवसको अवसरमा सो क्षेत्रका बिरुवाको ट्रिमिङ र सफाइ कार्यक्रम शुरू गरेको हो ।

कार्यक्रमको उद्घाटन प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गरेका थिए । ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले हप्ता, दश दिनसम्म कार्यक्रम गरेर आदर्शनगर क्ष्Fेत्रमा वृक्षारोपण गरिएका बिरुवालाई व्यवस्थित गरिने बताए । उनले आदर्शनगर क्षेत्रमा करीब एक हजार बिरुवा रोपण भएको र आजदेखि त्यसलाई व्यवस्थापन गर्ने काम शुरू भएको बताए ।

बढेका हाँगा काट्ने, घाँसपात हटाउने र सफा गर्ने अभियान शुरू भएको उनले बताए ।

यसअघि, ग्रीन सिटीले दुईजना हेरालु राखेर बिरुवाको हेरचाह गर्दै आएको थियो ।

आजको कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी नायब निरीक्षक हीराबहादुर बुढाथोकी, ग्रीन सिटीका उपाध्यक्ष सञ्जय शर्मा, पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, व्यवस्थित वीरगंज अभियानका अध्यक्ष दिलीपराज कार्की, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईंलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here