कार्यस्थलमा हुने मृत्युदर बढ्यो

0
32

कार्यस्थलमा वायु प्रदूषण, ध्वनि प्रदूषण र अबेरसम्म काम गर्ने कर्मचारीहरूको मृत्युदर बढ्दैछ। यी सबै कारणले गर्दा सन् २०१६ मा संसारभरि २० लाख व्यक्तिको मृत्यु भएको थियो । कार्यस्थलमा हुने समस्या समाधान गर्ने कर्मचारीहरूमाथि पहिलोपटक विश्व स्वास्थ्य सङ्गठन र इन्टरनेशनल लेबर अर्गनाइजेशनले संयुक्त रिपोर्ट जारी गरेको छ । रिपोर्ट अनुसार सन् २००० देखि २०१६ को बीच काम गर्ने क्रममा कर्मचारीमा हुने रोग र घाइते भएकाहरूबारे निगरानी गरिएको थियो । रिपोर्टमा बढीजसो कर्मचारीको मृत्यु सास र हृदयरोगबाट भएको थियो ।

रिपोर्ट अनुसार ७.५० लाख मृत्युको सम्बन्ध बढी समयसम्म काम गर्ने कर्मचारीहरूसँग छ । त्यस्तै, ४.५० लाख मृत्यु कार्यस्थलमा हुने वायु प्रदूषणको कारणले भएको छ । सबैभन्दा बढी ८१ प्रतिशत मृत्युको कारण नन–कम्युनिकेशन डिजिज हो । यो त्यो रोग हो, जुन एक मनुष्यबाट अरूमा फैलिंदैन, जस्तै सासको रोग र हृदयरोग । रिपोर्ट अनुसार क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी रोगबाट ४.५० लाख, स्ट्रोकबाट ४ लाख, इस्केमिक हार्ट डिजिजबाट ३.५० लाख र घाइते भएर मृत्यु हुनेहरूमा ३.६० लाख छन् ।

नोकरीको कारण भएको रोग र घाउले कर्मचारीको स्वास्थ्यमाथि नराम्रो असर पार्नुका साथै उनीहरूको क्षमता पनि घटाउँछ । यसको असर उनीहरूको कमाइप्रति हुन्छ । सन् २००६ देखि २०१६ को बीचमा कामको घण्टा बढाएपछि कर्मचारीमा हृदयरोगको ४१ प्रतिशत र स्ट्रोकको मामिलामा १९ प्रतिशतले बढेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका क्लाइमेट चेन्ज र हेल्थ डिपार्टमेन्टका निर्देशक डा मारिया नीरा भन्छिन्, यो २० लाख मृत्यु प्रि–मैच्योर डेथ अर्थात् अकाल मृत्यु हो, जसलाई रोक्न सकिन्थ्यो। कर्मचारीको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु स्वास्थ्य र श्रम क्षेत्रको जिम्मेवारी हो। रिपोर्ट अनुसार साउथ एशिया र वेस्टर्न प्यासिफिकमा ५४ वर्षसम्मका पुरुषको सबैभन्दा बढी मृत्यु भएको थियो ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here