सरोकार मञ्चले संविधान जलायो

0
23

प्रस, वीरगंज, ३ असोज/

संविधान दिवसको विरोधमा आइतवार राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले घण्टाघरमा संविधान जलाएको छ ।

मञ्च नारायणीका संयोजक नन्दकिशोर गोयलले जनताको विरोध हुँदाहुँदै ‘ब्यालेट’ र ‘बुलेट’को बलमा संविधान बनाएको विरोधमा आफूहरूले संविधान जलाएको बताए । उनले विश्वकै एकमात्र हिन्दू राष्ट्र नेपाललाई विभिन्न राजनीतिक दल मिलेर अफगानिस्तान बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा सहभागीहरूले अनैतिक संविधान चाहिंदैन, राष्ट्र मास्न पाइँदैनलगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here