प्रस, वीरगंज, ३ असोज/

वीरगंज महानगरपालिका–१५ भिस्वामा ओम शान्ति महिला समूहले १५ सयभन्दा बढी मानिसलाई निश्शुल्क मास्क वितरण गरेको छ ।

घण्टाघर क्षेत्रमा सर्वसाधारणलाई मास्क वितरण गरेको समूहकी अध्यक्ष एवं नवदीप एकेडेमीकी प्रधानाध्यापिका सुशीला साहले बताइन् । कोरोना सङ्क्रमण कम भएको अवस्थामा मानिसहरूमा लापरवाही गर्ने प्रवृत्ति बढ्दै गएपछि सचेतनाको लागि सेनिटाइजर लगाएर मास्क वितरण गरिएको उनले बताइन् ।

यसअघि समूहले समता स्कूलमा सचेतनामूलक कार्यक्रम गर्नुका साथै मास्क वितरण गरेको उनले बताइन् ।

कार्यक्रममा उपाध्यक्ष सोनी झा, कोषाध्यक्ष उषा लामा, सहकोषाध्यक्ष किरण कुशवाहा, सदस्य बिना साह, दीपा अधिकारी, पुष्पलता श्रेष्ठ, रमिता श्रेष्ठ, रञ्जीता शाही ठकुरीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here