प्रस, रौतहट, २ असोज/
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले हिजो शुक्रवार मोटरसाइकल चोरसहित मोटरसाइकल पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं ३ विपीचोकबाट ना.५२प १५९८ नम्बरको मोटरसाइकल टिकुलिया पेट्रोल पम्पनजीकबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ५ का १९ वर्षीय रूपक झा र मोटरसाइकललाई नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ ।