सिसिटिभी निगरानीका लागि राखिन्छ । तराई–मधेस क्षेत्रका अन्य शहरभन्दा वीरगंजले पहिला सार्वजनिकरूपमा सिसिटिभी जडान गरेको हो । यस अभियानमा सेफर वीरगंजको भूमिका महŒवपूर्ण रह्यो । तत्कालीन अवस्थामा वीरगंज नगर क्षेत्रमा अपराधका घटना निकै वृद्धि भएको थियो । भारतीय अपराधीहरूले कतिबेला कसलाई अपहरण गर्ने हो भन्ने त्रास थियो। शहरमा आपराधिक समूहले जुनसुकै बेला पनि बम विस्फोट गराउने, गोली प्रहार गर्नेलगायतका घटनाहरू घटिरहेका थिए । कुनै पनि बेला कसैको मूल्य तोकेर रकम माग गरेको चिठी आउन सक्थ्यो । जुन अवस्थामा सिसिटिभी नगरका मुख्य चोक तथा सार्वजनिक स्थलहरूमा राखियो, यसले नगरको शान्ति, सुरक्षामा अनुभव गर्न सकिने गरी परिवर्तन ल्यायो। सिसिटिभीप्रति नगरवासीको विश्वास बढ्दै गयो र यस क्रममा अपराधका धेरै घटना यसैको माध्यमबाट पर्दाफास पनि भए । आज महानगरका प्रायः सबै मुख्य चोक, सडक तथा सार्वजनिक स्थलहरू सिसिटिभीको पहुँचमा छन् ।

सिसिटिभी आफैंमा कारबाई होइन । यो त सूचक मात्रै हो । सूचकले सही सूचना दिनुपर्छ । सही सूचना दिनका लागि यसलाई हर समय तयारी अवस्थामा राख्ने र उसले दिएको सूचनाको मूल्याङ्कन हुनुुपर्छ । यसको निम्ति सञ्चालकले ध्यान दिनुपर्ने सबैभन्दा महŒवपूर्ण पक्ष हो । नगर क्षेत्रमा सिसिटिभी राखिएपछि आपराधिक सोचका मानिसहरू डराउन थालेका हुन् । कतिपय स्थानमा सिसिटिभी नभए पनि ‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ भन्ने बोर्ड लेखिदिएर पनि हाइसन्चो भएको छ । सिसिटिभी कहाँ छ, कहाँ छैन राम्रो जानकारी भएका केही गिरोहले मात्रै हाल महानगर क्षेत्रमा चोरीका घटनाहरू गराइरहेका छन् । यस सफलताबाट प्रफुल्लित वीरगंज महानगरले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयहरूमा पनि सिसिटिभी जडान गर्ने अभियान थाल्यो । ६० लाख रुपैयाँभन्दा बढी राशिको उक्त योजना एक वर्ष पूरा नहुँदै असफल साबित भएको छ । हालसम्म महानगरका २१ वटा विद्यालयमा सिसिटिभी जडान भइसकेको छ । जडान नभएका विद्यालयको कुरा छोडौं, तीन लाख रुपैयाँ अनुदान पाएर जडान गरेका प्रायः विद्यFलयहरूको सिसिटिभी हाल बिग्रिएर थन्किएका छन् ।

सिसिटिभी सञ्चालनमा आए शिक्षक र विद्यार्थी सबैजना निश्चित अनुशासनमा बस्नुपर्ने हुन्छ । त्यसो गर्दा विद्यालयमा हाजिर, गयल तथा विलम्बसमेत सबै कुरा सबैलाई थाहा हुन्छ । यसर्थ सिसिटिभी विद्यालयको हितमा राखिएको भए तापनि अधिकांश शिक्षक तथा विद्यार्थी भने विद्यालयमा सिसिटिभी नरहोस् भन्ने सोचमा देखिएका छन् । यो अवस्थामा सञ्चालन एवं संरक्षणको जिम्मेवारी त्यही विद्यालयलाई दिनु दूधको साक्षी बिरालो राखे जस्तो मात्रै हो । विद्यालय क्षेत्रलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउनका लागि विद्यालयमा सिसिटिभी राखेर हुँदैन । विद्यालयको प्रवेशद्वार, खेलमैदान, विद्यालय परिसर तथा हरेक कक्षा कोठाका ढोका देखिने गरी सिसिटिभी राखिनुपर्छ र त्यसको सञ्चालन, नियन्त्रण तथा निगरानी विद्यालयभन्दा बाहिरबाट गरिनुपर्छ । पालिकाको शिक्षा शाखा मातहतमा रहने गरी विद्यालयमा सिसिटिभी निगरानी युनिट बनाएर सोही टीमले उपकरणको संरक्षणदेखि फुटेज अनुगमन, मूल्याङ्कन र कारबाई प्रक्रियासमेत अगाडि बढाउनुपर्छ । तब मात्रै दिगोपन र प्रभावकारी हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here