प्रस, सेढवा, ३० भदौ/

नदीजन्य पदार्थ उत्खननका लागि बुधवार जीराभवानी गाउँपालिकामा रहेको भलुवाही खोलाको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, जिल्ला समन्वय समितिका सभापति नेकमहमद अन्सारी, उपसभापति ठाकुरप्रसाद न्यौपाने, डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँलगायत सहभागीको टोलीले भलुवाही खोलाको अनुगमन गरेको हो ।

खोलाको स्थलगत अनुगमनका क्रममा गाउँपालिकाले तैयार गरेको वातावरणीय परीक्षण मूल्याङ्कन प्रतिवेदन अनुसार भुलवाही खोलाबाट यस वर्ष नौ लाख घनफिट नदीजन्य पदार्थ उत्खनन गर्न सकिने र सो परिमाणमा ८० प्रतिशत अर्थात् ७ लाख २४ हजार घनफिट मात्र नदीजन्य पदार्थ उत्खखनका लागि ठेक्का गर्न सकिने उल्लेख छ ।

भलुवाही खोलाको थरुहट सडकमा निर्माण गरिएको पुलदेखि उत्तरतर्फ १.६ किलोमिटर क्षेत्रमा मात्र उत्खनन गर्न पाउने प्रावधान बनाइएको छ ।

गापाले तयार गरेको प्रतिवेदनमा करीब एक मिटर गहिरो तथा दुईवटै किनाराबाट पाँच/पाँच मिटर छोडी उत्खनन गर्न पाइने व्यवस्था गरिएको छ ।

अनुगमनपछि खोलामा ठेक्काको प्रक्रिया अगाडि बढाइने जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए ।

पर्सा जिल्लामा अन्य नदी भेडाहा, सिंघाइ, जमुनी, गादीमा नदीजन्य पदार्थको उत्खनन नहुने जिसस पर्साका सभापति अन्सारीले बताए ।

प्रदेश सरकारको निर्देशन अनुसार वनजङ्गल क्षेत्रदेखि पाँच सय मिटर टाढाको खोला क्षेत्रमा मात्र उत्खनन गर्न पाइने र ती खोलाहरू सो मापदण्डमा पर्ने हँुदा उत्खननका लागि खुला हुन नसक्ने सभापति अन्सारीले प्रस्ट्याए ।

आज खोलाको अनुगमनमा गापा अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी थरुनी, वडाध्यक्ष दारासिंह राउत थारूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here