काठमाडौं, ३० भदौ/रासस

एएफसी वुमन एशियन कप, २०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको तास्कन्द पुगेको हो ।

तास्कन्दमा नेपाली टोलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । परीक्षण रिपोर्ट नआउँदासम्म नेपाली टोली होटलमै आइसोलेशनमा बस्ने छ । टोलीका मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स रहेका छन् ।

नेपाल समूह ‘एफ’मा छ । सो समूहमा फिलिपिन्स र हड्ढङ छन् । नेपालले फिलिपिन्ससँग आगामी असोज २ गते तथा असोज ५ गते हड्ढङसित खेल्नेछ । सो समूहको फिलिपिन्स र हड्ढङबीचको खेल असोज ८ गते हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । नेपाली टोलीमा अञ्जना राना मगर, अञ्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा राई हुनुहुन्छ ।

यस्तै टोलीमा गीता राना, हीरा भुजेल, इन्द्रा राई, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here