प्रस, रौतहट, ३० भदौ/

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले प्रहरी ऐन, कानूनबमोजिम कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको कार्यभार सम्हालेका उनले बुधवार आयोजना गरेको परिचयात्मक तथा अन्तत्र्रिmया कार्यक्रममा प्रउ घिमिरेले सही नियतले काम गरेमा कलङ्कित नहुने बताए ।

उनले सय अपराधी छुटे पनि एकजना निर्दोष नफसून् भन्ने सिद्धान्तलाई आफ्नो कार्यकालमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । तस्करी, चोरी, डकैतीलगायतका अपराधजन्य गतिविधिलाई निरुत्साह गर्नेतर्फ आफ्नो इमानदार प्रयास रहने उनले बताए ।

रौतहटमा प्रहरी र पत्रकार बदनाम भएकाले आफू सजग र सचेत रहेर काम गर्ने उनले बताए । उनले पत्रकारिता पेशा आवाजविहीनहरूको आवाज भएको बताउँदै प्रहरी कामकारबाईमा पत्रकारिताको ठूलो महŒव भएको बताए । उनले दूरदराजका मानिसहरूको समस्या पत्रकारिताको माध्यमबाट समाजमा आइरहेकाले सही पत्रकारिता गर्नेहरूसँग सहकार्य हुने बताए। उनले प्रहरी सेवा पनि दूरदराजसम्म रहेको तर सो सेवा सही किसिमबाट प्रवाह भए नभएको बारेमा सूचना पाउने माध्यम पनि पत्रकारिता नै भएको बताए । उनले अपराध न्यूनीकरणको पक्षमा चलाउने कलमको कदर गर्ने बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पत्रकार मोजिबुल्लाह घटनाको सन्दर्भमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । यसअघिका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहको मिलेमतोमा प्रहरीले पत्रकार मोजिबुल्लाहलाई लागूऔषधमा फसाउने असफल प्रयास गरेको थियो ।

सोही घटनापछि प्रउ शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको र घटनाबारे छानबिन गर्न समिति गठन भएको थियो । तर समितिको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here