प्रस, गरुडा, ३० भदौ/

रौतहटको मौलापुर नगरपालिकाको निर्वाचित पहिलो कार्यपालिकाले गत चार वर्षमा विभिन्न प्रयोजनका लागि करीब १३ बिघा जमीन खरीद गरेको छ ।

प्रदेशमा जननिर्वाचित एकमात्र महिला नगरप्रमुख रहेको मौलापुर नगरपालिकामा शैक्षिक संस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती निर्माणका लागि नगरपालिकाले करोडौं लगानी गरेर महŒवपूर्ण कार्यको लागि जमीन खरीद गरेको नगरपालिकाले जनाएको छ ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले गत चार वर्षमा नगरपालिकाले खरीद गरेको जमीनको बारेमा मूल्यसहित जानकारी गराएका छन् ।

नगरपालिकाले मर्यादपुर दलित बस्तीको लागि रु ६६ लाखमा ११ कट्ठा, मर्यादपुर विद्यालयको लागि रु ९५ लाखमा १ बिघा ३ कट्ठा, मौलापुर दलित बस्तीकोे लागि रु ८८ लाखमा १२ कट्ठा, प्राविधिक शिक्षालय तथा सभाहल भवनको लागि रु २ करोडमा २ बिघा, मौलापुर पिकनिक पार्कको लागि रु १ करोडमा १ बिघा ७ कट्ठा, इलाका प्रहरी कार्यालय मौलापुरको लागि रु ६० लाखमा ८ कट्ठा, महादेव मन्दिर परिसरको लागि रु १ करोडमा १४ कट्ठा, पतौरा विद्यालयको लागि रु १ करोडमा १ बिघा १० धुर, पतौरा कार्यालय भवनको लागि रु १२ लाखमा ३ कट्ठा, अद्भुतनाथ विद्यालय मौलापुरको लागि रु २५ लाखमा ३ कट्ठा, पिपरिया स्वास्थ्य चौकीको लागि रु ४० लाखमा ५ कट्ठा, नन्कार छठघाटको लागि रु १० लाखमा ३ कट्ठा, पथरा स्वास्थ्य चौकीको लागि रु १० लाखमा ६ कट्ठा, मौलापुर नगरपालिका कार्यालय भवनको लागि रु २० लाखमा ५ कट्ठा तथा मौलापुर बसपार्कको लागि शहरी विकास मन्त्रालयमार्फत रु ४ करोड ३० लाखमा ३ बिघा १८ कट्टा जमीन खरीद गरेको नगरपालिकाले जनाएको छ ।

गत चार वर्षमा मौलापुर नगरपालिकाको लगानी तथा पहलमा १३ करोड ५६ लाख रुपैयाको १२ बिघा १९ कट्ठा १० धुर जमीन सार्वजनिक प्रयोजनको लागि खरीद गरिएको निमित्त प्रमुख साहले बताए ।

पहिलेदेखि सार्वजनिक जमीनको अभाव रहेको तथा भौतिक पूर्वाधार केही पनि नरहेको अवस्थामा मौलापुरले समृद्धिको एउटा पाटोको रूपमा जमीन किन्ने पक्षलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख रीनाकुमारी साहको भनाइ छ ।

जमीनको अभावमा शिक्षा, स्वास्थ्य, सुरक्षा तथा यातायात जस्ता आधारभूत आवश्यकताहरू कमजोर पर्नुहुँदैन भन्ने मान्यता लिएर दीर्घकालीन महŒवका काम गरिएको नगरप्रमुख साहको भनाइ छ ।

आवश्यकता र प्राथमिकताका आधारमा नगरपालिकाले अन्य धार्मिक, सामाजिक तथा अन्य कार्यलाई महŒव दिइरहेको बताउँदै नगरप्रमुख साहले मौलापुर नगरपालिकाले चार वर्षकै अवधिमा धेरै क्षेत्रमा प्रदेशमा उदाहरणीय काम गर्न सफल भएको दाबी गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here