सुन व्यापारीको हत्या विरुद्ध प्रदर्शन, रक्सौल बजार बन्द

0
20

राजेश केशरीवाल, रक्सौल, २९ भदौ/

रक्सौलका सुन व्यापारी कपिलदेवप्रसाद सर्राफ र उनको नातामा पर्ने नातिको सोमवार भएको हत्याको विरोधमा मङ्गलवार रक्सौल बजार बन्द भएको छ । स्वर्णकार समाजले हत्याको विरोधमा रक्सौलको सुन पसलहरू बन्द गराएका थिए भने राजपाका कार्यकर्ताहरूले बजार बन्द गराएका थिए ।

राजपाले मङ्गलवार रक्सौलमा हत्याको विरोधमा प्रदर्शन पनि गरे । स्वर्णकार समाजले हत्यारालाई पक्राउ गरि कारबाई गर्नको लागि रक्सौल थानामा ज्ञापन पत्र बुझाएको छ ।

सोमवार साँझ कपिलदेव प्रसाद सर्राफ र उनको नातामा पर्ने नाति चन्दन कुमार माथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट नाति चन्दनको घटनास्थलमै मृत्यु भएको थियो भने कपिलदेवको एसआरपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते कपिलदेवले गोली लागेपछि आपूmलाई भू माफियले अपराधी लगाएर गोली प्रहार गरि हत्या गरेको प्रारम्भिक बयान दिएका थिए ।

कपिल देवका छोरा अजयकुमार सर्राफको यसअघि पसलमै अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

छोराको हत्या गुत्थी नसुल्झिंदै अहिले दुईजनाको हत्या भएको छ । रक्सौल पुलिसले हत्याराको पहिचान गरी सकेको छैन । केही दिन यता रक्सौलमा अपराधिक घटनामा वृद्धि भएको छ ।

सोमवारनै रामगढवा थानाको पिपरपाति चोकमा कुखुरा व्यापारी बुन्नीलाल साहलाई चक्कू प्रहारबाट हत्या गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here