निजी रेल कम्पनीले पहिलोपटक नेपालमा सामान ल्याउँदै

0
10

राधेश्याम पटेल, परवानीपुर, २९ भदौ/

निजी रेल कम्पनीले नेपालमा पहिलोपटक सामान ल्याइरहेको छ ।

भारतीय हिन्द टर्मिनल प्रालि (एचटिपिएल)ले पहिलोपटक हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेको रेल ल्याउन लागेको हो ।

नेपाल–भारत तथा तेस्रो मुलुकको पारवहन क्षेत्रमैं यो नेपालको लागि ठूलो उपलब्धि हो । सन् २००० देखि निर्माण कार्य शुरू भई सन् २००४ देखि सञ्चालनमा आएको वीरगंजको श्रीसिया सुक्खा बन्दरगाहमा हालसम्म भारत सरकारको भारतीय रेलवेले मालसामान ल्याउने गरेको छ।

हालसम्म भारतीय रेलवेको भगिनी संस्थाको रूपमा रहेको कङ्करले मात्र रेल सञ्चालन गर्दै आएको थियो । तर डेढ महीनाअघि नेपाल र भारत सरकारबीच भएको रेलवे सर्भिस एग्रिमेन्ट (आरएसए) अनुसार नेपाली, भारतीय वा विदेशी निजी कम्पनीले पनि मालसामान बोक्ने रेल चलाउने व्यवस्थालाई स्वीकृति प्रदान गरिएपछि भारतीय निजी कम्पनीले पहिलोपटक मालवाहक रेल नेपाल ल्याइरहेको हो ।

पश्चिम बङ्गालको हल्दिया बन्दरगाहबाट हिंडेको रेल सीतामढीमा आइसकेको र राति नै रक्सौल पुग्ने बताइएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र शाहीका अनुसार ९० वटा २० फुटे कन्टेनर लोड हुने ¥याक बोकेको हिन्द टर्मिनलको निजी रेल बुधवार बिहान ९ बजे रक्सौल भन्सारबाट आवश्यक कागजी प्रक्रिया पूरा गरी बिहान १० बजेसम्म श्रीसिया सुक्खा बन्दरगाहमा आइपुग्नेछ ।

“बुधवार बिहान ९ बजे भन्सारको प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्नेछ,” उनले भने, “यो नेपाल, भारत र तेस्रो मुलुकको व्यापार सहजीकरणमा निकै महŒवपूर्ण कदम हो ।”

रेलमार्गबाट मालसामान आयात–निर्यातमा प्रतिस्पर्धी थपिएपछि आयात, निर्यात भाडामा कमी आउने र नेपाली व्यवसायीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीले रेल चलाएपछि कङ्करको १७ वर्षको एकलौटी समाप्त हुने वीरगंजका व्यवसायीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here