एकदिवसीय वरीयतामा नेपालको सुधार

0
16

काठमाडौं, २९ भदौ/रासस

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आइसिसीले मङ्गलवार जारी गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १६औं स्थानमा रहेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरीयतामा सुधार आएको हो ।

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्यूगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो । एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इङ्गल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here