प्रस, पर्सागढी, २८ भदौ/

नेरामावि डोकैला बहुअरीका विद्यार्थीहरूले बहुदरमाई नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बहुदरमाई नगरपालिका–४ स्थित सो विद्यालयका प्रअ अजय यादवको सरुवा गरेको भन्दै विद्यार्थीहरूले नपा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रअ यादवलाई सरुवा गरी रविभूषण रामलाई प्रअ बनाएपछि विद्यार्थीहरू आन्दोलित हुँदै प्रअ अजय यादवलाई पुनः प्रअमा बहाली गर्नुपर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here