प्रहरी हिरासतबाट फरार सर्राफ पक्राउ

0
12

प्रस, वीरगंज, २८ भदौ/

प्रहरी हिरासतबाट फरार लागूऔषधका आरोपी विक्की सर्राफ पक्राउ परेका छन् ।

नारायणी अस्पतालमा उपचारको लागि भर्ना भएका सर्राफ आइतवार बिहान ८ बजे फरार भएका थिए । उनी सोमवार बिहान पक्राउ परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

फरार भएका सर्राफलाई २४ घण्टाभित्रै पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए । सर्राफ लागूऔषध मुद्दामा भदौ १६ गते पक्राउ परेका थिए भने भदौ २२ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here