प्रस, सिम्रौनगढ, २८ भदौ/
एमसिसीको विरोधमा आइतवार राति सिम्रौनगढ नगरपालिका–२ अमृतगंजमा विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरूले सिम्रौनगढ नगरपालिकाअगाडि र कङ्कालीपुल चोकमा टायर बाली नाराबाजी गरेपछि इप्रका सिम्रौनगढले अवरोध गरेको थियो ।
प्रदर्शनमा एमसिसी मुर्दाबाद, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसिसी फिर्ता गरलगायतका नारा लगाइएको थियो । आइटी आर्मी सिम्रौनगढका अध्यक्ष सनी गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।