यस्तो मास्क जसलाई धोएर लगाउन सकिन्छ, त्यसले पनि एक वर्षसम्म कोरोनाको कणलाई मनुष्यसम्म पुग्नबाट रोक्छ । कटन (सुती)बाट बनेको दुई तहको मास्क एक वर्षपछि पनि बदलिन आवश्यक छैन । यो दाबी एरोसोल एन्ड एयर क्वालिटी रिसर्च जर्नलमा प्रकाशित शोधले गरेको छ । शोध अनुसार सुतीको मास्क यदि अनुहारको नाक, मुख राम्ररी ढाक्न सकिनेगरी बनाइएको छ भने यसले सुरक्षा दिन सक्छ ।

शोधकर्ता कोलोराडो युनिभर्सिटीकी मेरिना वेन्स भन्छिन्– महामारीको सुरुआतदेखि अहिलेसम्म करीब ७२ सय टन मेडिकल फोहर निस्किंदैछ । यसमध्ये डिस्पोजेबल मास्कको सङ्ख्या बढी छ । यो पर्यावरणको लागि खतरा बन्दैछ । यस खतरालाई कम गर्न यो अनुसन्धान गरिएको हो कि धोएर सुखाएपछि पनि मास्क कति सुरक्षत रहन्छ ।

परीक्षणको लागि मास्कलाई एउटा स्टीलको नलीमा लगाइयो । त्यसपछि नलीको एकातिरबाट हावा र एयरबोर्न पार्टिकल्स छाडियो । यो मास्कले नमी भएको वातावरण र तापमान घटबढ हुँदा कति पार्टिकल्स रोक्न सक्छ भनेर जाँच गरिएको थियो । प्रयोगपछि रिपोर्टमा सुतीको मास्क धेरैपटक धोएपछि पनि यसको फिल्टर गर्ने क्षमतामा कुनै असर नपर्ने पाइयो । दर्जनौंपटक धोएर प्रयोग गर्दा पनि यसले सुरक्षा दिन्छ ।

शोधकर्ताको भनाइ छ, मास्क लगाउँदा ध्यान दिनुपर्छ कि यसको परत र मनुष्यको अनुहारबीच खुला ठाउँ हुनुहुँदैन । यो अनुहारमा राम्ररी फिट हुनुपर्छ । अलग–अलग व्यक्तिको अनुहारको आकार फरक हुन्छ, यसैले आफ्नो अनुहारमा फिट हुने गरी मास्क लगाउनुपर्छ ।

मास्कमाथि भएको पछिल्लो अनुसन्धान अनुसार खुकुलो मास्क लगाउँदा एयरबोर्न, पार्टिकल्स ५० प्रतिशतसम्म सास फेर्ने क्रममा शरीरभित्र पुग्छ । मास्क लगाउँदा कोरोनाको खतरा ९० प्रतिशतसम्म घट्छ किनभने कुराकानी गर्ने समयमा हाम्रो मुखबाट निस्किने फोहरा १.५ देखि २ फिटसम्म जान्छ । मुखमा मास्क छ भने यी कण २.५ इन्चभन्दा अगाडि जान सक्दैन ।

मास्क लगाएनौं भने कोरोनाको खतरा ९५ प्रतिशतसम्म बढ्छ । चाँडचाँडै कुरा गर्दा मुखबाट निस्किने कणको रेन्ज ६ फिटसम्म पुग्छ । जसबाट मास्क नभएपछि वरपरका व्यक्ति सङ्क्रमित हुने खतरा ९५ प्रतिशतसम्म बढ्छ ।

शोधकर्ताको भनाइ छ, मास्क कस्तो हुनुपर्छ, यो निर्भर गर्छ कि यसमा प्रयोग हुने कपडाले कति हदसम्म भाइरसको कण रोक्न सक्छ । अनुसन्धान अनुसार कटनको मास्क ०.३ माइक्रोन भएको सूक्ष्म कणलाई २३ प्रतिशतसम्म रोक्छ । त्यस्तै, अनुहारमा लगाइने कपडाको मास्कले मात्र ९ प्रतिशत सुरक्षा दिन्छ ।

सर्जिकल मास्कमा ४२ देखि ८८ प्रतिशतसम्म भाइरसको कण रोक्ने क्षमता हुन्छ । यदि सर्जिकल मास्कमाथि कटनको मास्क लगाउँछौं भने ४० प्रतिशतसम्म सुरक्षा दिने क्षमता बढ्छ। केएन–९५ र एन–९५ मास्कले ८३ देखि ९९ प्रतिशतसम्म एयरबोर्न कणलाई रोक्न सक्छ ।

तसर्थ मास्कलाई प्रभावकारी ढङ्गले लगाउनुपर्छ । बेलाबेलामा मास्क तलमाथि गर्नुहुँदैन । नाक, मुख राम्ररी ढाक्नुपर्छ । यद्यपि कुनै पनि मास्कले सय प्रतिशत सुरक्षा दिन सक्दैन । तसर्थ पटक–पटक हात धुने र सामाजिक दूरी कायम राख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here