१५ देखि १९ वर्षका युवाको मृत्युको चौथो सबैभन्दा ठूलो कारण आत्महत्या हो । दुनियाँभरिमा हरेक वर्ष ७ लाखभन्दा बढी मान्छेले आत्महत्या गर्छन् । त्यसमध्ये ७७ प्रतिशत मामिला निम्न र मध्यम आय भएका देशको छ । विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ, बढीजसो मान्छे कीटनाशक औषधि खाएर, पासोमा झुन्डिएर र आफैंलाई गोली मारेर आत्महत्या गर्छन् । यस्ता मामिला नियन्त्रण गर्न सकिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन र सिनियर कन्सल्टेन्ट सायकियाट्रिस्ट डा सन्तोष बाङ्गडका अनुसार आत्महत्याको मामिला रोक्न सकिन्छ । डब्लुएचओका अनुसार आत्महत्याको ठूलो कारण अवसाद र रक्सीको प्रयोग हो । आर्थिक समस्या परेर, सम्बन्ध विच्छेद भएर तथा रोगका कारण पनि मानिसले आत्महत्या गर्छन् ।
डा बाङ्गड भन्छन्– आत्महत्याको मामिला केही हदसम्म रोक्न सकिन्छ । आत्महत्या गर्नुभन्दा पहिले उनीहरूमा विशेष लक्षण देखिन्छ । जस्तै घण्टौं कुनै समस्याबारे सोच्ने, आत्महत्याबारे कुरा गर्ने, आत्महत्या गर्ने तरीका खोज्ने, आफूलाई बोझ सम्झिने वा पीडा, दुखाइबाट छुटकारा पाउन पनि आत्महत्याको कुरा गर्छन् । यसको अलावा छिटो वसियत तयार गर्ने, गुडबाई सन्देश पठाउने, सधैं अवसादमा बस्ने, फोन नउठाउने, आफूलाई अलग गर्ने चेतावनी दिने लक्षण हुन् ।
यदि तपाईंको वरपर कसैमा पनि यस्तो लक्षण देखिन्छ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन । त्यस व्यक्तिसँग कुरा गर्नुपर्छ । समस्या सुनेपछि समाधान खोज्नुपर्छ । यसबाट उसको ध्यान बाँडिन्छ र आत्महत्याको खतरा घट्छ ।
डब्लुएचओका अनुसार आत्महत्याको घटना रोक्न कीटनाशक औषधि, बन्दूक र केही विशेष औषधिको पहुँचबाट उनीहरूलाई रोक्नुपर्छ ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)