काठमाडौं, २८ भदौ/रासस

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।

कुल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरीद–बिक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेका छन् । यस्तै, जलविद्युत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेका छन् ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीले ४.०७ प्रतिशतले कमाए । त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, युनिभर्सल पावर ५.१३ र माउन्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here