नेपालमा अहिले बर्खाको बेला उत्पादन भएको बिजुली खेर गइरहेको छ । सरकारी सञ्चारमाध्यमले दिएको तथ्याङ्क अनुसार माथिल्लो तामाकोशी आयोजनाको ४५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएपछि रातिको बेला ४०० मेगावाट बिजुली खेर गइरहेको छ भने दिउँसो पनि २०० मेगावाट बिजुली जगेडा बस्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालमा आफलताफल भएको बिजुली भारतले किनिदिए उत्पादित विद्युत् खेर नजाने, देशले पनि पैसा कमाउने उपाय रच्न देशलाई उज्यालो बनाउने महारथी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको एउटा टोली भारत भ्रमण गरेर फर्केको छ । नेपालमा कुलमान घिसिड्ढो योग्यतामाथि प्रश्न उठाउने ठाउँ छैन । उनकै पालामा कहिल्यै न समाप्त हुने लोडसेडिङ समाप्त भयो, त्यो पनि थप विद्युत् उत्पादन नभएरै, हो भारतसँग केही विद्युत् खरीद भएको अवश्य हो । कुलमान घिसिङ पहिलोपटक कार्यकारी निर्देशक हुँदा ताका नै नेपालमा चाहिनेभन्दा बढी विद्युत् उत्पादन भइसकेकोले देशमैं अधिकतम बिजुली खपत होस् भनेर ठाउँठाउँमा बिजुली–चुल्हो पनि सित्तै वितरण गरिएको थियो ।
माथिको सन्दर्भले दुईवटा कुरातर्फ सङ्केत गर्दछ । पहिलो देशमा विद्युत् उत्पादन चाहिनेभन्दा बढी भइरहेको छ, दोस्रो देशमैं अधिकतम खपत बढाएर नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विद्युत् खपत बढाउने सन्दर्भमा पहिलो कुरा त बिजुलीको नियमित आपूर्ति हुनुपर्छ, दोस्रो बिजुली सबैको पहुँचमा हुनुपर्छ र तेस्रो र अति महŒवपूर्ण कुरा–बिजुली सस्तो हुनुपर्छ । यी तीन कुरामा हामी सक्ष्Fम भइसकेका छैनौं । जोसँग पैसा छ, उसले इच्छानुसार बिजुली उपभोग गर्न पाएको छैन, किनकि बिजुली आपूर्ति नियमित छैन । जोसँग पैसा छैन, उसले न्यूनतम खपतको आधारमा बिजुली उपभोग गर्नुपरेको छ, किनकि बिजुली अति महँगो छ, सामान्य आय भएको व्यक्तिका लागि एउटा चीम बाल्नुबाहेक बिजुलीको खपत ऐøयासी मात्र हो । र सबै नेपालीको पहुँचमा बिजुली छैन । कहीं बिजुलीको पोल गाड्न सकिएको छैन, गाडेको पोलमा बिजुलीको तार झुन्डिएको छैन, झुन्डिएको तारमा बिजुलीको करेन्ट दौडिन्न, करेन्ट दौडिहाले पनि बिजुलीको मिटर हुँदैन । विडम्बनै विडम्बना छ मुलुकमा ।
गाउँ–घर, पहाड–हिमालमा सबै घरमा बिजुली पुगोस्, बिजुलीका उपकरणहरू नयाँ क्षमता अनुसार काम गरून्, एउटा विपन्न परिवारको पनि सय वाटसम्म बिजुली खपत गर्ने ल्याकत होस्, बिजुली नियमित होस्–यति कामका लागि खेर गइरहेको बिजुली बेच्न भारत वा अरू बाहिरियाको मुख ताक्नुपर्दैन । बिजुलीको आकाशिएको भाउ र अपर्याप्तता तथा अनियमितताले गर्दा ठूल्ठूला उद्योगहरू कि बन्द भइसकेका छन् वा स्थापित हुन सकेका छैनन् । हिजो लोडसेडिड्ढो बेला उद्योगहरूले खपत गरेको भनिएको बिजुली महसूलमा विवाद भएर प्राधिकरणको अर्बौं रूपियाँ लेनदारी छ । शहर–बजारमा लोडसेडिड्ढो झस्को दिलाउनेगरी छिनछिनमा बिजुली गइरहन्छ । अनि विद्युत् महारथीहरू बिजुलीको बजार खोज्न विदेशमा भौंतारिनुको के अर्थ ? स्वदेशी उत्पादन पहिले देशवासीले खपत गरेपछि उब्रेको मात्र निकासी गरिन्छ । तर देशको जनता बिजुलीको लागि काकाकूल बनिरहेको बेला बिजुली खेर गयो भनी विदेशी बजार खोजी हिंड्नु विडम्बनै विडम्बनाले भरिएको नेपालमा मात्र सम्भव छ । कम्तिमा घिसिङ सरजस्ता विद्युत्–मनीषीले कुरा बुझिदिनुप¥यो ।