प्रस, वीरगंज, २७ भदौ/

पर्सा, बारा, रौतहट गरी आइतवार तीनजना सङ्क्रमित पुष्टि भएका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ३८ जनाको स्वाब परीक्षण गर्दा पर्सा, बारा र रौतहटका एक/एक जना सङ्क्रमित भएको बताए ।

सङ्क्रमित पुष्टि हुनेमा दुईजना पुरुष र एकजना महिला छन् । भदौ २० देखि २७ गतेसम्म १८७ जनाको स्वाब परीक्षण गर्दा छजना सङ्क्रमित पुष्टि भएको बताए । आज तीनजना र यसअघि २०, २१ र २५ गते एक/एक जना गरी तीनजना सङ्क्रमित पुष्टि भएका थिए ।

पछिल्लो चरणमा नारायणी अस्पतालमा पिसिआर परीक्ष्Fण घटेको र सङ्क्रमित सङ्ख्या पनि घटेको छ । अस्पतालमा सक्रिय सङ्क्रमित एकजना पनि छैन । छिटपुट सङ्क्रमित हुनेहरू होम आइसोलेशनमैं बस्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here