पाकिस्तानले काबुल नियमित उडान शुरू गर्ने

0
17

इस्लामाबाद, २७ भदौ/सिन्ह्वा

पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरूपमा इस्लामाबाद–काबुल उडान पुनः शुरू गर्ने भएको छ ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमवार नै जाने जनाएको छ ।

पकिस्तान एयरलाइन्सले आइतवार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यस अघि रोकिएको उडान अब सोमवारदेखि नियमित सञ्चालन गर्ने जनाएको हो ।

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । त्यसयता यहाँका कैयौं विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरू देशका हवाई कम्पनीले भने उडान शुरू गरेका छैनन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here