जनताले उनैलाई भोट दिन्छ

0
22

कुनै कार्य–व्यापारबाट लाभ हुँदैन भने त्यसमा लगानी किन गरिरहने ? व्यक्तिको कुरा गर्ने हो भने कोहीकोही मनमौजी स्वभावका हुन्छन् । अनावश्यक ठाउँमा पनि खर्च गरिरहन्छन् । आफ्नो सम्पत्ति जसरी खर्च गरे पनि कसैलाई के चासो ? तर सरकार भनेको त जनताद्वारा निर्वाचित हो । उसले गर्ने लगानी जनताबाट उठेको कर हो । यस अर्थमा सरकारी कोष जनताको पैसाबाट बनेको हो । यस कोषको रकम अनावश्यक काममा कसरी खर्च गर्ने ? तर जनता त कृषक हो । नेपालको ६० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित छ । ठाडै कृषिमा लगानी गर्न सकिन्न भन्ने नीति सरकारले ल्याउन सक्दैन । त्यसैले घुमाउरो पाराले कृषिकर्मबाट जनतालाई विमुख गराउने अनेक प्रपञ्च गरिरहन्छ । होइन भने बालीनाली निखनिसकेर कृषक फुर्सदमा भएको बेला सरकार र यसका विभिन्न निकाय ‘अब देशमा मलको अभाव हुने छैन’ भन्ने र बेलामा कृषकले कहिल्यैे मल नपाउने, पाए दोब्बर दाममा र अपुग हुनेगरी, आफ्नै प्रयासमा भारतबाट ल्याउँदा सीमा सुरक्षाका लागि बसेका विभिन्न सुरक्षा निकायले मल खोस्ने, दुःख दिने किन गर्थे ?

सरकारलाई थाहा छ कृषिबाट लाभ छैन, भएभरका नेपाली विदेश जाऊन्, दुःखजिलो गरेर पैसा कमाऊन् र रेमिट्यान्सको रूपमा सरकारको अर्थ व्यवस्था चलोस् । कुनै काम सजिलो तरीकाले हुन्छ भने त्यसका लागि अप्ठ्यारो बाटो किन हिंड्ने ? विदेशमा काम गर्नका लागि नेपालीलाई न शिक्ष्Fा चाहिन्छ, न सीप चाहिन्छ । मात्र बलियो पाखुरी र ज्यान फाल्ने आँट भए पुग्छ । पाखुरीमा बल र ज्यान फाल्ने आँटमा नेपाली नागरिक विश्वका कुनै पनि नागरिकभन्दा सक्ष्Fम छन् । त्यसैले त आज देशको प्रत्येक परिवारबाट कम्तिमा एकजना वैदेशिक रोजगारमा गएको छ । पाखुरीमा बल हुने विदेश लाग्यो । अब कृषिकर्मको लागि चाहिने पाखुरीको बल कहाँबाट ल्याउने ? आधुनिक उपकरणले कृषि गर्न नेपालीले जानेको छैन । भूमिसुधार ल्याएर जग्गा खण्डीकरण भइसकेको छ । अब कृषि त्यही परम्परागत तरीकाले हुने न हो १ अनि किन कृषिकर्म गरिरहनुप¥यो ? राजनेताहरूलाई विदेशमा औषधोपचार गर्न पुग्ने कोषको रकम कृषकहरूका लागि मल खरीद गर्न किन खर्च गर्ने ? जनता लाटो–सोझो छ, आफ्नै हैसियतले विदेश जान्छ, रोजगार खोज्छ, साँगुरो कोठामा गुम्सिएर पैसा जोगाउँछ, अरबको मरुभूमिमा उँट चराउँछ, सके राम्रै पैसा कमाउँछ, नसके उसको लाश देश आउँछ । यी सारा क्रियाकलापमा सरकारको के बित्छ ?

नेपाली जनता अति सोझो छ । सरकारमा बस्नेहरू भने अति छट्टु । त्यसैले पर्सा जिल्लाको पटेर्वासुगौलीका कन्हैयालाल यादव दोब्बर मूल्यमा मल खरीद गरेको गुनासो गर्छन् । ८ सय रुपियाँमा पाइने मल १३ सय रुपियाँमा किन्नुपरेको दुःख रुन्छन् । रुनु नै नियति हो नेपाली जनताको । त्यो रुनुको कारण पनि आफैं हुन् । किनकि उनको दुःख–दर्द नबुझ्ने, आफ्नै मात्र स्वार्थ हेर्ने नेताहरूलाई उनीजस्तै लाखौं नेपालीले भोट दिएर जिताएका हुन् । नेताहरू जितेपछि देशको, जनताको काम गर्न होइनस कैयौंपटक मन्त्री बन्न, सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्न रडाँको मचाउँछन् । एकैपटक मन्त्री बनेर, प्रधानमन्त्री बनेर देश र जनताको लागि अविस्मरणीय काम गर्दैनन् । उनीहरूलाई थाहा छ काम नगरे पनि जनताले भोट दिने त उनीहरूलाई नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here