प्रस, वीरगंज, २६ भदौ/

नेकपा एकीकृत समाजवादी पार्टी पर्साको शपथ ग्रहण समारोह शनिवार सम्पन्न भएको छ । शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि सो पार्टीको दुई नं प्रदेश अध्यक्ष रामचन्द्र यादवले जिल्ला अध्यक्ष बालगोपाल थापालगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेता यादवले तत्कालीन पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले दुई/दुई पटक संसद् विघटन गरेको, पार्टीमा पृथक विचार राख्नेविरुद्ध विभेदकारी नीति अवलम्बन गरेका कारण पार्टी फुटेको आरोप लगाए । उनले अब गठित पार्टीमा सबै कार्यकर्ता अटाउने र पार्टीलाई मजबूत पार्ने कार्यमा कुनै कसर बाँकी नराखिने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, चिरञ्जीवी आचार्य, सांसद पुष्पादेवी कर्ण, रामचन्द्र साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here