प्रस, वीरगंज, २५ भदौ/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले वडा नं १७ अलौंस्थित जामे मस्जिदमा मुस्लिम समुदायसँग छलफल गरेका छन् ।
नगरप्रमुख सरावगीले भेटघाटको क्रममा मुस्लिम समुदायका समस्याबारे अगुवाहरूसँग बुझेर सोको समाधानबारे छलफल गरेका थिए । यसैगरी, सो वडामा निर्माण भइरहेका विकासका कामहरूको पनि उनले स्थलगत अनुगमन गरेका थिए ।