प्रस, रौतहट, २५ भदौ/

राष्ट्रिय जनगणना २०७८ को लागि जिल्ला जनगणना कार्यालय गौरले पाँच स्थानमा कार्यालय स्थापना गरेको छ ।

जिल्ला जनगणना अधिकारी देवनाथ यादवले गौर, चन्द्रनिगाहपुर, कटहरिया र बौधीमाईमा कार्यालय स्थापना भएको बताए । उनले पाँच स्थानमा स्थापना भएको कार्यालयले नगरपालिकामा अनुगमन सुपरीवेक्षण गर्ने बताए ।

यसैगरी, रौतहटमा वडा कार्यालयहरूमा पनि राष्ट्रिय जनगणना सफल बनाउन विभिन्न समिति गठन भएको जनगणना अधिकारी यादवले बताए । भदौ ३० देखि असोज १८ गतेसम्म हुने राष्ट्रिय जनगणनाको लागि रौतहटमा १५९ जना सुपरभाइजर खटेका छन् ।

उनीहरूलाई तालीम दिएर घरको सङ्केत चिह्न लगाउने कार्यमा खटाइएको अधिकारी यादवले बताए । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गणकहरू जिल्लाका सबै घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने उनले बताए । सो कार्यको लागि ६६० जना गणक र सुपरभाइजरहरूलाई तालीम दिएको अधिकारी यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले सत्यतथ्य जानकारीको लागि जनगणना महŒवपूर्ण हुने हुनाले सबैलाई सोहीअनुरूपको सहभागिता जनाउन आग्रह गरे । प्रत्येक १० वर्षमा जनगणना हुने भएकोले सही तथ्याङ्कका लागि सबैलाई सक्रिय सहभागिता जनाउन प्रजिअ यादवले अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here