प्रस, मकवानपुर, २५ भदौ/

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरू नियुक्त गरेकी छन् । आयोगको अध्यक्षमा डा जगतबहादुर बस्नेत नियुक्त भएका छन् ।

वाग्मती प्रदेश मन्त्रिपरिषदको बैठकले एमाले आबद्ध सिन्धुपाल्चोक, मेलम्ची घर भएका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

आयोगका सदस्यहरूमा रामेछापका ज्ञानकुमार श्रेष्ठ, काठमाडौंकी नीलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेलले नियुक्ति पाएका छन् ।

उनीहरू सबैजना नेकपा एमाले आबद्ध हुन् । आयोगका उपाध्यक्षसहित चारैजनालाई मुख्यमन्त्री शाक्यले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here