प्रस, सिम्रौनगढ, २५ भदौ/
सिम्रौनगढ नगरपालिका–७ खजानी टोलमा रहेको नेरामावि व्यवस्थापन समितिको चयन शुक्रवार दोस्रोपटक पनि हुन सकेन ।
पहिलोपटक बोलाइएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको चयन हुन नसकेपछि शुक्रवार भेला बोलाइएको थियो । अभिभावकमध्येबाट दुईजना, शिक्ष्Fाप्रेमी दुईजना र एकजना सम्बन्धित वडाध्यक्ष पदेन सदस्य हुने गरी सात सदस्यीय विद्यालय समितिका लागि छवटा पदमा ५६ जनाले दावेदारी गरेपछि सहमति हुन नसकेको प्रधानाध्यापक कमलेश अग्रहरिले बताए ।
उनले ५६ जना आकाङ्क्षीलाई सम्झाउने काम भएको तर कोही पनि टसमस नभएपछि दोस्रो बैठक पनि स्थगित गर्नुपरेको बताए ।
प्रअ अग्रहरिले तेस्रो बैठक डाकेर विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने कार्यमा प्रयास गरिने जानकारी गराए । भेलामा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मोहन महतो कुशवाहा, चन्देश्वर जैसवाल, रामनरेशकान्त कुशवाहा, नगरपालिकाका शिक्षा संयोजक नुरआजम सिद्धिकीलगायत शिक्ष्Fक, अभिभावक, विद्यार्थीहरूको सहभागिता थियो ।