लभ इन वीरगंज

0
23

  • समीर पाख्रिन

गताङ्कको बाँकी …

भाइकाजी ः अब म पनि गाउँ फर्कनुप¥यो दिदी । यो भिनाज्यूको आशा लागेन ।
सुशीला ः के भन्छ यसले ? आइहालिस्, अब चैते दशैं मानेर जाने नि ।
उषा ः गाउँमा गाईभैंसी पानी खान नपाएर ब्वाँ–ब्वाँ कराउँदै होला मामा ।
उषा बरन्डामा डोरी खेलेको आवाजले माथि घरबेटी बूढीको कान ठाडो हुन्छ ।
घरबेटी–बज्यै ः एई हवल्दार्नी बहिनी, यो घरै थर्कने गरी कसले के गरेकी हँ ? उषा नसुनेझैं गरी डोरी खेलिरहन्छे ।

हैन किन बोल्दैन यो हवल्दारको सन्तान ? (भ¥याङबाट केही सिढी तल ओर्लेर हेर्दा उषालाई बरन्डामा डोरी खेलिरहेकी देखेपछि) ए तँ नकचरी पो घरै थर्कने गरी उफ्रेकी ? मेरो घर चर्कियो भत्कियो भने तेरो हजुरबौले आएर बनाउँछ ?

उषा ः ए घरबेटी बज्यै, बाहिर खुल्ला चौरमा खेल्दा दुबो म¥यो भन्ने, बरन्डामा खेल्दा घर थर्कियो भन्ने यो के तरीका हो ? के तपाईंको घरमा हामी कोठाभित्र कोच्चिएर बस्नुपर्ने ? यो बूढाबूढी त कतै नभएको नमूना नै पो रहेछन् ।

इमानसिंह ः उषा तँ फेरि बढ्ता बोलिस् । तँलाई यो घरआँगनमा डोरी नखेल भनेको होइन ?
उषा ः नखेलेर के गर्ने ? दिनदिनै मोटाएर भारती जस्तै हुन लागिसकें । आजभोलि त केटाहरू पनि मलाई हेरेर खासखुस कुरा गर्न थालेका छन् । मुसुमुसु हाँस्न थालेका छन् ।

०००

समय ः मध्याह्न । स्थान ः माईस्थान, कालभैरब मन्दिरनिरको चियापसल ।
अङ्कित, अनिल र आशिष् चिया पिउँदै गफ ठट्टा गर्दैछन् ।

आशिष् ः अङ्कित, तेरो त आजभोलि साथीभाइसँग भेट्ने फुर्सद पनि छैन कि क्या हो ?
अनिल ः यसले अब हामीलाई कहाँ गन्ती गर्छ र । यो त रणवीर भइहाल्यो नि दीपिका पाएर ।
अङ्कित ः कुरा त्यसो होइन यार ।

आशिष् ः तब के त, कि जागीर खाँदैछस् ?
कहाँ पाउनु र खानु । बाबा–आमा चेकअपका लागि काठमाडौं जानुभएको एक महीना भैसक्यो । घरमा हजुरआमा र म मात्र । यसैले धेरै समय घरैमा बित्छ ।
यत्तिकैमा उषाको कल आउँछ । अङ्कितले नम्बर हेर्छ र काटिदिन्छ । फेरि अर्काे कल आउँछ । अङ्कितले फेरि काटिदिन्छ । यो देखेर आशिष्ले अङ्किततिर हेर्दै फोन उठा भन्छ ।

आशिष् ः अति उठा न उठा । हामी पनि सुनौं तिमीहरूको गफ । होइन त अनिल ?
अनिल ः हो हो उठा यार ।
अङ्कित ः होइन यार मेरो आज गफ गर्ने मूड छैन ।
अङ्कितले मोबाइलको स्वीच अफ गर्छ ।

आशिष् ः (आश्चर्य मान्दै) ल यसले त मोबाइलै स्वीच अफ ग¥यो त । किन ? (मुसुमुसु हाँस्छ । यत्तिकैमा सबैको हातहातमा चिया आइपुग्छ । सबैजना चिया पिउन थाल्छन् ।

०००

समय ः बेलुकीपख । स्थान ः अङ्कितको घर ।
हजुरआमा भान्सामा सकिनसकी खानेकुरा पकाउँदैछिन् । अङ्कित निराश र थकित अवस्थामा कोठामा प्रवेश गर्छ ।

वृद्धा ः आइपुगिस् ? किन ओइलाएको सागजस्तो लुत्रुक परेर पो आइस् त ?
अङ्कित ः खासै त्यस्तो केही होइन । साथीहरू सबै एउटा एउटा जबमा लागिसके म मात्र बेकारी बस्नुपरेको छ, हजुरआमा ।
नजीकैको कुर्सीमा थ्याच्च बस्छ ।

वृद्धा ः चिया खाने हो पकाइदिउँ ?
अङ्कित ः पर्दैन हजुरआमा साथीहरूसित खाएर ऑको । सधैं साथीहरू चियानास्ता खाऊ भन्छन् आफूसँग त पैसा पनि हुँदैन लाजै लाग्न थाल्यो ।
वृद्धा ः राम्रो काम नपाउन्जेल यसो सानोतिनो काममा झुन्डिए पनि त हुन्छ । मन पनि बरालिने पाकेट खर्चलाई दुई/चार पैसा पनि हुने ।

अङ्कित ः बरु त्यसै गर्नुपर्ला जस्तो छ ।
समय ः उही । स्थान ः हवल्दारको डेरा ।
उषा गमक्क परेर सोफामा बसेकी छन् । उसलाई अङ्कितले फोन नउठाएकोमा साह्रै रिस उठेको छ ।

भाइकाजी ः भान्जी क्याम्पसबाट फर्केर आउँली र घुम्न जाउँला भनेर बसेको रातै परिहाल्यो नि ।

सुशीला ः तँ त नोट लिएर तुरुन्त आउँछु भन्दै थिइस् त, कता हराइस् ? मामा बिचरा पर्खेर बसेको बसेकै थियो । अँ जागीरबाट थाकेर आएकी जस्तो सोफामा के गमक्क भएर बसेकी नि, आज मलाई भान्सामा पस्नुहुँदैन तँ भात पका । मामाले मासु काटेर ठीक्क पारेर राख्नु भॉछ । पकाउन मात्र बाँकी छ ।

उषा ः ए मामाले भाले काट्नुभएको हो ?
सुशीला ः नकाटेर के गर्नु ? घरबेटी बूढीले किचकिच गरेर बसीखानु दिएन त । नत्र मैले त तेरो बर्थडेको दिन काटौंला र तेरा साथीहरूलाई पनि बोलाउनुपर्ला भन्ठानेकी थिएँ ।
भाइकाजी ः हैन, दिदीको घरबेटी त साह्रै किचकिचे रहिछे ।

उषा ः त्यसो भए आज चाहिं टन्न खाने हो । मोटाए पनि मोटाओस् ।
उषाले फटाफट भात, दाल, तरकारी पकाएकी छे । सबैजना भुइँमा पलेटी कसेर मासुभात खाँदैछन् । उषाले दुई/चार गाँस के खाएकी मात्र हुन्छे उसलाई अङ्कितकले धेरै मोटाए बूढी देखिन्छे भनेको कुरा स्मरण हुन्छ र खान लागेको हातको मासुको ठूलो चोक्टा मामुचाहिंको थालमा राखिदिन्छे ।

सुशीला ः ल के भो ? मीठो लागेन ? कि मोटाउने डरले नखाएकी ? (प्रसङ्ग बदलेर) अँ भाइ, विदेश जाने विचार मनबाट निकाली दे । बैंकबाट ऋण पाइन्छ बरु अर्काे एउटा लैनो भैंसी थप् । बाख्रा पाल, खेतको आलीमा घाँस रोप । पैसा त्यसैमा छ भाइ । अर्काको देश मात्र न ताक । त्यहाँ पनि बोटमा पैसा फल्दैन ।

इमानसिंह ः अर्काको देशमा गरिखान सजिलो छैन सालो । बरु जे गर्दैछौ, त्यसैमा रमाऊ । त्यसैलाई व्यवसायीकरण गर । सुनेको छैनौ ? अमेरिका यहीं, मेरो जापान पनि यहीं भनेर त्यो के नाम भएको केटोले गीत गाएको ?
उषा ः पशुपति शर्मा ।

इमानसिंह ः अँ देखेनौ कति रमाइ रमाइ भैंसी दुहेको, तरकारी गोडेको, दही–दूधसित ढिडो कपाकप खाएको । मलाई त त्यो देख्दा गाउँमैं गएर बसौं–बसौं लाग्छ ।
उषा ः ल ल छिटो खानुहोस् । खानुभन्दा गफै बढी । मचाहिं उठें । (स्वयंसित) खानु त मन थियो नि के गर्नु ? सबैले मोटी भन्न थाली भनेर कन्ट्रोल गरेकी मात्रै हो ।
सबैजना डकार्दै उठ्छन् ।

इमानसिंह ः आज भने धित मरुञ्जेल खाइयो मासु । त्यो पनि अर्गानिक भाले । पेटमा कुकुरी काँ ग¥यो भने चाहिं मा¥यो ।
तीनैजना हाँस्छन् । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here