प्रस, भिस्वा, २४ भदौ/
चोरी निकासी पैठारीको लागि पर्सा जिल्लामा नाम कहलिएको छिपहरमाई गाउँपालिकाको भिस्वामा दुई सातादेखि तस्करी बन्द छ । तस्करी बन्द हुनुमा सशस्त्र प्रहरीको इन्चार्ज काजमा आउनु र जनपदका प्रहरी इन्चार्ज नयाँ हुनु हो ।
सशस्त्र र जनपदमा नयाँ इन्चार्ज आएकाले अहिले दुवैजनाले तस्करीको लाइन दिएका छैनन् । सशस्त्र प्रहरीको इन्चार्जमा काजमा आएका कृष्ण पौडेलले दरबन्दी नभएकोले कहिले तानिने हो भन्ने भयले लाइन दिएका छैनन् । उनी भिस्वामा आए लगत्तै तस्करी बन्द गरिएको छ ।
तस्करहरूले लाइन नलिउन्जेल चोरी निकासी पैठारीको जोखिम मोल्दैनन् । ठूलो लगानी जोखिममा पर्ने हुँदा लाइनको सेटिङ मिलाएर मात्र भिस्वा–सिकटा तस्करी शुरू हुन्छ ।
यसअघिका सशस्त्र प्रहरी इन्चार्ज सञ्जय बानियाँले तस्करहरूसँग साँठगाँठ गरेकाले बढी नै बदनाम भएपछि उनलाई तानेर यहाँ पौडेललाई काजमा ल्याइएको हो । लामो समयपछि अहिले दुई सातादेखि तस्करीको लाइन बन्द भएको छ । तस्करी चालू छँदा वीरगंजबाट दैनिक चार ट्रकभन्दा बढी छोहडा, सुकमेल, सुपारी, ल्वाङ, नेपाल लिभरका उत्पादित कस्मेटिक सामानहरू, कबाड, नदीजन्य पदार्थ ढुङ्गा, बालुवा भारतको सिकटा पु¥याइन्थ्यो भने सिकटाबाट खाद्यान्नका सामान, इलेक्ट्रोनिक सामान, कस्मेटिक, कपडालगायतका सामानहरू भिस्वा बजार आउँथ्यो ।
दुवैतर्फ तस्करीका लागि पैदल भरियाका साथै साइकल अनि ट्याक्टरको प्रयोग हुन्छ । नेपालले सीमा सिल गरेको अवस्था छ र सशस्त्रले सिकटा जाने बाटोमा तारबार लगाएको छ । तर पैदल, साइकल र मोटरसाइकल आवतजावतका लागि भने ठाउँ छाडिएको छ र तस्करी हुँदा सोही बाटोको प्रयोग हुने गर्दथ्यो ।
यसैबीच, प्रहरी चौकीले बिहीवार सिकटाबाट भिœयाइएको ३० थान प्लाई बरामद गरेको छ । घरमा राखिएको अवस्थामा सूचनाका आधारमा प्रहरीले प्लाई बरामद गरेको हो ।