प्रस, पोखरिया, २४ भदौ/

पोखरिया बजारमा रहेका घरधनीहरूले भाडा र पेश्की रकममा वृद्धि गरेपछि करीब एक दर्जन पुराना पसल अन्यत्र सारिएका छन् । पोखरिया बजार क्षेत्रका पसलहरूको भाडा अहिले प्रतिकोठाको पाँच हजारदेखि बढीमा १५ हजार रुपैयाँसम्म कायम गरिएको छ ।

यसअघि दुई हजारदेखि बढीमा पाँच हजार रुपैयाँसम्म भाडा थियो । भाडासँगै घरधनीहरूले पेश्की रकममा पनि अचाक्ली वृद्धि गरेको पसलेहरूले गुनासो गरेका छन् । उनीहरूले ५० हजारदेखि एक लाख रुपैयाँसम्म पेश्की लिने गरेकामा अहिले पाँच लाख रुपैयाँसम्म बढाएकाले पेश्की र बढेको भाडा दिन नसक्ने एक दर्जन पसलेहरू अन्यत्र गएका छन् ।

पोखरिया बजारमा व्यवसायीहरू बढेका र नयाँ व्यवसायमा आएकाहरूले पसलका लागि कोठा लिन भाडा र पेश्की बढाएकाले घरधनीहरूले पुरानालाई हटाएर नयाँलाई धमाधम भिœयाउँदैछन्।
पोखरिया बजारमा लामो समयसम्म कस्मेटिकको व्यवसाय गर्दै आएका कमलेश पासवानले भाडा र पेश्की बढाइएपछि आफूले गण्डक नहरको बोकाहवा चोकमा पसल सारेको बताए । उनी जस्तै धेरैजना पसले अहिले बोकाहवा चोकमा सरेका छन ।

प्लाई, कस्मेटिक, किराना, कपडाका एक दर्जन व्यापारी अन्यत्र सरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here