प्रस, वीरगंज, २४ भदौ/

जिल्ला प्रहरी कार्यालय बाराले ८० क्विन्टल सडेको दाल बरामद गरेको छ ।

पचरौता नगरपालिका बेलदारीबाट कलैया उपमहानगरपालिकास्थित यादव कोल्ड स्टोरेजमा अनलोड गर्न जाँदै गरेको ना.२त ७५२५ नम्बरको ट्याक्टरबाट सो परिमाणको सडेको दाल बरामद भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकले प्रहरीलाई वडाध्यक्षको सिफारिशसहित सडेको दाल यादव कोल्ड स्टोरेजमा अनलोड गर्न जान लागेको बयान दिएका थिए ।

ट्याक्टर र दालका मालिक ओमप्रकाश यादवले सडेको दाल यादव कोल्ड स्टोरेजमा फिर्ता पठाएको बयान दिएका छन् । उनले माछाको दाना बनाउनका लागि सो दाल खरीद गरेको तर दाना नबनेपछि फिर्ता पठाउन लागेको बताए ।

पहिलो कोरोना सङ्क्रमणका बेला राहत वितरण गरिंदा यादव कोल्ड स्टोरेजबाट सडेको दाल कलैया उपमहानगरपालिकाले खरीद गरेको थियो ।

त्यतिखेर जिप्रका बाराले नगरप्रमुख राजेशराय यादवसहित केही वडाध्यक्षलाई पनि राहतमा सडेको दाल वितरण गरेको कसूरमा पक्राउ गरी मुद्दा चलाएको थियो । आज बिहान करीब १० बजे बरामद ८० क्विन्टल सडेको दाल सम्बन्धमा अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here