प्रस, वीरगंज, २४ भदौ/
वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १८ जना छात्रालाई बिहीवार साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत प्रदेशसभा सदस्य जन्नत अन्सारीले कक्षा ८ मा अध्ययनरत १८ जना छात्रालाई साइकल वितरण गरेका थिए ।
कार्यक्रम नरेन्द्र मण्डलको अध्यक्षतामा भएको र जसपा पर्साका उपाध्यक्ष वासुदेव यादव, सचिव तबरेज अहमद, सङ्घीय शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसियालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष सर्राफले गरेका थिए ।