कृष्ण कुशवाहा, पकहामैनपुर, २४ भदौ/
पकहामैनपुर गाउँपालिकामा भएको भ्रष्टाचार भण्डाफोर कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
स्थानीय राजनीतिक दल र युवा सञ्जालको संयुक्त आयोजनामा भण्डाफोर अभियान चलाइएको थियो ।
वडा नं २ मधुबनी चोकमा आयोजित भण्डाफोर कार्यक्रममा एमाले गाउँ कमिटीका अध्यक्ष्F अखिलेश साहले गाउँपालिका भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै गाउँपालिकाले बनाएको धर्मशाला उद्घाटन ूर्व छत चुहिन थालेकोले निर्माण कार्यको गुणस्तरीयतामा प्रश्नचिह्न खडा भएको बताए। उनले गाउँपालिकाको बजेटमा आधा पनि काम नभएको आरोप लगाए ।
वडा नं ४ का सदस्य अनिल साहले गापा प्रमुख विजयकुमार चौरसियाले डिजिटल गाउँ बनाउने नाममा नेट जडान गराइ ३५ लाख रकम निकासा गराएको तर आजसम्म सो कार्य नभएको
बताए ।
सदस्य साहले गाउँपालिकामा गलत तरीकाबाट नियुक्ति भइरहेको पनि बताए । युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले पकहामैनपुरमा उद्योग नभएको तर उद्योगको नाममा अध्यक्ष चौरसियाले रकम निकासा गरी अनियमितता गरेको आरोप लगाए ।
यसैगरी, वडा नं २ स्थित पोखरीमा माछापालन गरिएको र सो माछा मारेर सङ्कलित ८ लाख रुपैयाँ गाउँपालिकाको खातामा जम्मा नगरी अध्यक्ष चौरसियाले अनियमितता गरेको आरोप लगाइएको थियो ।
वडा नं ५ का सदस्य महेन्द्र रामले गापा अध्यक्षले चुनाव जीतेसँगै एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबीप्रति व्यङ्ग्य गर्दै उनले एक रुपैयाँको भ्रष्टाचार नगरी करोडौं रुपैयाँको भ्रष्टाचार गरेको बताए ।
राकेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नवल पटेलले गरेका थिए ।