बेइजिङ, २४ भदौ/एएनआई
चीनले अफगानिस्तानमा बनेको तालिबान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिबान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।
चीनले तालिबान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिबानलाई प्रारम्भिक सहयोगस्वरूप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनिनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताए । उहाFले यस सहयोगलाई अफगानी जनतालाई दिइएको आपत्कालीन सहयोगको रूपमा समेत व्याख्या गरे ।
सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधिजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनिनले जानकारी दिए । रासस