आर्थिक विकासमा शिक्षा र स्वास्थ्य

0
18
  • विश्वराज अधिकारी

शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि दुई महŒवपूर्ण संरचना हुन् । यी दुई संरचनाले मजबूत खम्बाको काम गरेका हुन्छन् । समग्रमा भन्ने हो भने कुनै पनि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास यी दुई खम्बामा नै अडेको हुन्छ ।

देशको शैक्षिक स्थिति कमजोर भएमा त्यस देशको जनता गरीबीको कुचक्रमा फस्न पुग्छ । यसैगरी, अनेक स्वास्थ्य समस्या भएका व्यक्तिहरूबाट शारीरिक काम हुन नसक्ने भएकोले देशको श्रम बजारलाई जनस्वास्थ्यले गहिरो असर पारेको हुन्छ । विभिन्न किसिमका रोगबाट पीडित व्यक्तिहरूले आफ्नो र परिवारको जीविकाको लागि आय आर्जन गर्न सक्तैनन् । यी कारणहरूले गर्दा कुनै पनि राष्ट्रले जनस्वास्थ्य र शिक्षालाई सर्वाधिक महŒव दिएको हुन्छ । विकसित एवं धनी देशमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरीबको पहुँचलाई सजिलो पारिएको हुन्छ। विकसित राष्ट्रहरूमा माध्यमिक तहसम्मको शिक्षा निश्शुल्क हुन्छ ।

धनी र विकसित देशमा शिक्षा र स्वास्थ्य मुख्य गरी दुई पक्ष– सरकार एवं समुदायले सञ्चालन गरेका हुन्छन् । शिक्षा र स्वास्थ्यमाथि सरकार एवं समुदायको नियन्त्रण हुन्छ । शिक्षा र स्वास्थ्यलाई व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन । कसैले ठूलो र अति सुविधासम्पन्न अस्पताल सञ्चालन गरेर करोडौं रुपैयाँ नाफा गर्ने उद्देश्य राखेको हुँदैन । जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई नाफा कमाउने आकर्षक र भरपर्दो स्रोतको रूपमा हेरिएको हुँदैन । साना वा ठूला सबै किसिमका अस्पताल समुदाय वा सरकारले सञ्चालन गरेको हुन्छ ।

यसैगरी, धनी र विकशित देशहरूमा शिक्षालाई पनि व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन । अर्थात् व्यापारीहरूले अत्यधिक मुनाफा गर्ने (आउने) किसिमबाट विद्यालय वा कलेजको स्थापना गरेका हुँदैनन् । विद्यालय वा कलेजलाई व्यापारको क्षेत्र बनाइएको हुँदैन । सरकार वा समुदायको खर्चमा विद्यालय वा कलेजहरू स्थापना एवं सञ्चालन भएका हुन्छन् । उपभोक्ताहरूको लगानीमा स्थापना एवं सञ्चालन भएका हुन्छन् ।

विकसित देशहरूमा बस्ने गरीबहरूको आम्दानीको ठूलो भाग शिक्षा र स्वास्थ्य सेवा खरीद गर्नमा जान पाउँदैन । शिक्षा र स्वास्थ्यमा बचत भएको रकम उनीहरूले अन्यत्र उपयोग गर्न पाउँछन् । र यो कारणले गरीबहरूलाई पनि एक किसिमको स्तरयुक्त जीवन बाँच्न सजिलो हुन्छ।

हामीकहाँ शिक्षा र स्वास्थ्य अति खर्चिलो मात्र होइन यी दुई सेवा व्यापारिक वस्तु बन्न पुगेका छन् । ठूलो रकम लिएर शिक्षा र स्वास्थ्य सेवा बिक्री गरिन्छ । शिक्षा र स्वास्थ्य सेवा बिक्री गरेर लगानीकर्ताहरूले करोडौं रुपैयाँ (आय) आर्जन गर्ने लक्ष्य राखेका हुन्छन् । अर्थात् हामीकहाँ शिक्षा र स्वास्थ्य सेवालाई अति मुनाफा लिएर बिक्री गरिने वस्तुको रूपमा किनबेच गरिएको पाइन्छ ।

तर यथार्थमा शिक्षा र स्वास्थ्य सेवा व्पापारिक वस्तु नबन्नुपर्ने हो । शिक्षा र स्वास्थ्यले व्यक्तिको व्यक्तित्व निर्माणमा महŒवपूर्ण भूमिका खेल्ने हुनाले यी दुई कुरालाई व्यापारबाट ढाढा राखिनुपर्ने हो । तर स्थिति उल्टो छ, नेपालमा । शिक्षा र स्वास्थ्य अति मुनाफा उत्पादन गर्ने भरपर्दो स्रोत हुन पुगेका छन् । यो स्थितिले देशको आर्थिक विकासमा प्रतिकूल प्रभाव पार्छ।

हामीकहाँ स्वास्थ्य सेवा त झन् अति मुनाफा दिने व्यापार हुन पुगेको छ । निजी खर्चमा ठूला ठूला अस्पतालहरूको निर्माण एवं सञ्चालन भएका छन् । अस्पतालहरू सञ्चालन गरेर व्यापारीहरूले ठूलो आम्दानी हात पारेका छन् । जनस्वास्थ्य जस्तो संवेदनशील सेवा एक राम्रो आम्दानी दिने व्यापारिक वस्तु (सेवा) हुन पुगेको छ । यो कारणले गर्दा गम्भीर बिमारी भएर गरीबहरूले स्वास्थ्य सुविधा लिंदा उनीहरू ऋणमा डुब्ने वा कतिपय अवस्थामा स्वास्थ्य सुविधा नपाउने स्थिति सिर्जना भएको छ ।

हामीकहाँ स्वास्थ्य क्षेत्र कतिसम्म व्यापारमा डुबेको छ कि विद्यार्थीहरूले अध्ययनका लागि चिकित्सा विषय भविष्यमा राम्रो लाभ पाउने उद्देश्यले रोजेका हुन्छन् । जसरी एउटा व्यापारीले कुनै खास किसिमको व्यापार गरेर धेरै पैसा कमाउने उद्देश्य राखेको हुन्छ । त्यसैगरी, युवायुवतीहरूले चिकित्सा विषय पढेर वा चिकित्सक बनेर धेरै पैसा कमाउने उद्देश्य राखेका हुन्छन् । भविष्यमा राम्रो आम्दानी आउने लोभमा युवायुवतीहरूले मेडिकल कलेजहरूमा भर्ना पाउन लाखौं रुपैयाँ पनि खर्च गरेका हुन्छन् । यसरी हामीकहाँ चिकित्सा विषयको अध्ययन पनि व्यापार हुन पुगेको छ ।

हाम्रो सार्वजनिक क्षेत्र ज्यादै कमजोर भएकोले चिकित्सा र शिक्षा क्षेत्र निजी क्षेत्रको नियन्त्रणमा पुगेको हो । र यी दुवै क्षेत्रमा अत्यधिक मुनाफा पाउने किसिमबाट निजी क्षेत्रको लगानी हुन पुगेको हो । शिक्षा र स्वास्थ्यमा नेपालमा सार्वजनिक क्षेत्रबाट ज्यादै कम लगानी भएको छ ।

केवल सरकारलाई जिम्मेवार ठहर गरेर स्थानीयहरूको सहभागितामा (स्थानीयस्तरमा खर्च बेहोरेर) विद्यालय, कलेज तथा अस्पतालहरूको स्थापना ज्यादै कमै भएको पाइन्छ । स्थानीयस्तरमा विद्यालय, कलेज, अस्पतालहरूको स्थापना भएर मुनाफा नलिने किसिमबाट ती संस्थाहरूको सञ्चालन हुने हो भने शिक्षा र स्वास्थ्यलाई पनि निर्धनहरूको पहुँचभित्र ल्याउन सकिन्छ ।

नेपालमा सार्वजनिक क्षेत्र ज्यादै नै कमजोर छ । अर्थात् स्थानीयस्तरमा मिलेर, सार्वजनिक लगानीमा अनेक किसिमका आर्थिक विकासका पूर्वाधारहरू (विद्यालय, कलेज, अस्पताल, पुल, सडक, नाला, भवन, शीत भण्डार, बीज भण्डार) निर्माण गर्ने परिपाटी हामीकहाँ शून्य बराबर छ । केवल सरकारलाई मात्र हरेक कार्यको लागि जिम्मेवार ठहर गर्ने हाम्रो परम्परागत स्वभाव वा मान्यताले गर्दा अनेक किसिमका स्रोत र साधनहरू भए तापनि हामी आर्थिक विकासको मामिलामा निकै पछाडि छौं ।

हाम्रो उन्नति र प्रगतिका लागि अनेक क्रियाकलाप अरू (सरकार)ले होइन हामीले नै गर्ने हो भन्ने भावना प्रत्येक व्यक्तिमा जागृत नभएसम्म हामी गरीबीको दलदलबाट बाहिर आउन कठिन छ । रोजगारका लागि हामीले विदेश धाउनुपर्ने स्थिति यही अवस्थामा रहि नै रहनेछ ।

नेपालका चर्चित सामाजिक अभियन्ता डा गोविन्द केसीले राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा स्वास्थ्य सेवाको महŒव उच्च हुन्छ र स्वास्थ्य सेवा गरीबहरूको दैलो–दैलोमा पु¥याउन स्वास्थ्य क्षेत्रमा निजी होइन सार्वजनिक क्षेत्रको लगानी हुनुपर्छ भन्ने कुरा राम्ररी बुझेका छन् ।

त्यस कारण डा केसीले निजी क्षेत्र होइन, सार्वजनिक तथा सरकारी क्षेत्रबाट मेडिकल कलेजहरूको स्थापना हुनुपर्छ र त्यस्ता मेडिकल कलेजहरूमा गरीबका सन्तानहरूले पनि चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छन् । नेपालको चिकित्सा विषयको अध्ययन भन्ने हो भने एक किसिमले धनीहरूको हातमा पुगेको छ । स्वास्थ्य सेवा यही कारणले गर्दा महँगो हुन पुगेको छ । गरीबहरूको पहुँचभन्दा टाढा पुगेको छ ।

संसारभरिका गरीबहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न तयार रहने डा केसीको ‘स्वास्थ्य दर्शन’ वा ‘स्वास्थ्यसम्बन्धी वकालत’ यो कारणले गर्दा पनि लोकप्रिय हुन पुगेको हो । उनीप्रति जनसमर्थन अति नै बढेर गएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने उनले प्रधानमन्त्रीभन्दा उच्च सम्मान तथा माया पाएका छन् ।

२१ सेप्टेम्बर (२०२१) विश्व शान्ति दिवस हो । यो शान्ति दिवसको दिन डा केसीको अगुवाइमा संयुक्त राज्य अमेरिकास्थिति न्यूयोर्क शहरमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयअगाडि विश्व शान्ति, सद्भाव र समानताका लागि शान्तिपूर्ण प्रदर्शन हुने कार्यक्रम रहेको खबर हालै सार्वजनिक भएको छ । केही दिनपछि डा केसी अमेरिका आउने कार्यक्रम रहेको छ । समाचार स्रोतहरू भन्छन्, “डा गोविन्द केसीले विश्व शान्ति दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय भवननजीकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।”

यो लेखको उद्देश्य निजी क्षेत्रलाई स्वास्थ्य र शिक्षा व्यवसायबाट टाढा राख्नुपर्छ भन्नु होइन । औषधि उत्पादन, वितरण, मेडिकल औजार उत्पादन, मेडिकल सप्लाई उत्पादन जस्ता कार्यहरूमा निजी क्षेत्रको सहभागिता हुनुपर्दछ । यसैगरी, शिक्षा सामग्रीहरू उत्पादन एवं वितरणमा पनि निजी क्षेत्रको संलग्नता हुनुपर्दछ । कुनै पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रले महŒवपूर्ण भूमिका खेल्ने हुनाले स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिका पनि महŒवपूर्ण रहने यथार्थ बिर्सन मिल्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here