प्रस, रौतहट, २३ भदौ/

आइटी किसान सङ्घर्ष समिति रौतहटले बुधवार ट्याक्टर ¥याली प्रदर्शन गरेको छ ।

गरुडा बजारबाट शुरू गरिएको ¥याली गौर परिक्रमा गर्दै ‘किसानलाई युरिया मल तत्काल व्यवस्था गर, किसानलाई पेन्सनको व्यवस्था, किसानलाई बीमा, किसानलाई ऋण, ट्याक्टरमा लाग्ने ब्याज मिनहालगायतका नारा लगाइएको थियो ।

नेकपा रौतहटका नेता उपेन्द्र साहको अगुवाइमा ट्याक्टर ¥याली निकालेर विपी चोकमा कोणसभा गरेको थियो । सभामा नेता साहले कृषिप्रधान देश नेपालका किसानहरू सेवा–सुविधाबाट वञ्चित रहेको आरोप लगाए । उनले विभेदकारी नीतिका कारण किसान पीडित भएको बताउँदै किसानले मलबीउलगायत अन्य सेवा–सुविधा नपाएको कारण उत्पादनमा असर परेको बताए । उनले नेपालमा उत्पादन कम भएको कारण अहिले भारतबाट खाद्यान्न आयात गर्नुपर्ने दुःखद परिस्थिति झेल्नुपरेको बताए ।

सो अवसरमा पार्टीका प्रदेश, जिल्ला र नगरपालिका स्तरीय नेता तथा किसानहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here