सुग्रीव साह, भिस्वा, २३ भदौ/

सशस्त्र प्रहरीले लागूऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । सिकटाबाट भिस्वा आएका एकजना युवकलाई चेकजाँच गर्दा दुई किलो गाँजा र १५ सय एम्पुल नाइट्रोजेपाम, डाइजेपाम, नुर्फिन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

सप्रनाउ बस्नेतले वीरगंज–१५ निवासी राजकुमार पटेललाई लागूऔषधसहित पक्राउ गरिएको र कारबाईको लागि इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मा लगाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here